‘अक्कड बक्कड बम्बे बो’ सार्वजनिक (भिडियो) 

काठमाडौं, चैत्र ३१ : मेलवर्न बस्ने कपिल तथा सागरको लेखन र प्रस्तुतीमा ‘अक्कड बक्कड बम्बे बो’ बोलको नयाँ र्‍याप गीत सार्वजनिक भएको छ । मेक मनी रेकर्डस्ले यस गीत तयार गरेको हो । मुख्य निर्माता मिस्ट चाम्ब्लिङले मिक्सिङ तथा मास्टरिङ गरेको गीतको भिडियो वकाव भिजुयल्स र बाबा फिल्मस् प्रडक्सनले गरेको हो ।

ऋषि सुफीले भिडियोको निर्देशन तथा कोरियोग्राफी गरेका छन् । त्यसैगरी रपिल महर्जन, रमेश चौधरी, अनिश गौतम, साकार शाही र सञ्जय बाबाले भिडियो छायाँकन गरेका छन् । 

भिडियोमा आरती श्रेष्ठ, बुनु तामाङ, आशिष भुजेल, प्रशान्त तामाङ, सरुना श्रेष्ठ, आशिष हिडो, युनिक लामा, सुनिता घतानी, सिसम विक, प्रनिशा सुनवार,उषा भट्टराई, त्रिजा पाण्डे, प्रिया राना र सिजना श्रेष्ठले नृत्य गरेका छन् । 


 

 Published Date: Tuesday, 13th April 2021 8:58:00 am