Kathmandu Press

अपराजित रहँदै एपिएफले जित्यो मेयर्स कप वुमन्स च्याम्पियनसिप

काठमाडौं, चैत २८ : विभागीय टिम एपिएफले पहिलो संस्करणको ललितपुर मेयर्स कप वुमन्स च्याम्पियनसिप टि-२० क्रिकेटको उपाधि जितेको छ।शनिबर कीर्तिपुरस्थित टियू मैदानमा भएको...
अपराजित रहँदै एपिएफले जित्यो मेयर्स कप वुमन्स च्याम्पियनसिप
Hardik ivfHardik ivf

काठमाडौं, चैत २८ : विभागीय टिम एपिएफले पहिलो संस्करणको ललितपुर मेयर्स कप वुमन्स च्याम्पियनसिप टि-२० क्रिकेटको उपाधि जितेको छ।

शनिबर कीर्तिपुरस्थित टियू मैदानमा भएको फाइनलमा सुदूरपश्चिम प्रदेशलाई ८ विकेटले हराउँदै एपिएफले अपराजित रहँदै उपाधि उचालेको हो। टियू मैदानमा पहिला ब्याटिङ गर्दै सुदूरपश्चिम प्रदेशले दिएको १०७ रनको लक्ष्य एपिएफ १६.२ ओभरमा २ विकेट गुमाउँदै भेट्टायो।

एपिएफको जितमा ओपनर ज्योति पाण्डेले सर्वाधिक ३६ रन बनाइन् भने कप्तान सीता रानामगरले २७, इन्दू बर्माले १९ र ममता चौधरीले १५ रनको योगदान दिइन्। एपिएफका दुवै विकेट रनआउट भएको थियो।

यसअघि विन्दू रावलले नटआउट ४४ रन बनाएपछि पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै १०६ रन बनायाे। बिन्दूले ५४ बल खेल्दै ४ चौका प्रहार गरिन्।

यस्तै, डोली भट्टले १४, कविता कुँवरले १३ र रेवती धामीले १० रनको योगदान दिए। सुदूरपश्चिमलाई सामन्य योगफलमा रोक्ने क्रममा एपिएफका रेखा रावल, कुरुणा भण्डारी, सुष्मा श्रेष्ठ र बिनु बुढाले समान १ विकेट लिए।

प्रतियोगितामा अपराजित रहेको एपिएफले लिग चरणमा प्रदेश १लाई ८ विकेटले, सुदूरपश्चिमलाई ३७ रन र लुम्बिनी प्रदेशलाई ४० रनले हराएको थियो भने ललितपुर मेयर्स ११लाई १० विकेटले हराएको थियो।

उपाधिसँगै एपिएफले ३ लाख रुपैयाँ प्राप्त ग¥यो भने उपविजेता बनेको सुदूरपश्चिमले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्यो । ललितपुर महानगरपालिकाको आर्थिक सहयोगमा नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गरेको प्रतियोगिता एपिएफ, सुदूरपश्चिम, प्रदेश १, लुम्बिनी प्रदेश र ललितपुर मेयर्स ११ गरी ५ टिम सहभागी थिए।

मेयर्स ११बाहेकका ४ टिम प्रधानमन्त्री कप वुमन्स क्रिकेटका सेमिफाइनलिस्ट हुन्।

प्रकाशित मिति: १५:२० बजे, शनिबार, चैत २८, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्