Kathmandu Press

नयाँ वर्षमा मुलुकले नयाँ सरकार पाउँछ, देउवा प्रधानमन्त्री बन्नुहुन्छ : यादव

काठमाडौं, चैत २६ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री महेन्द्र यादवले नयाँ वर्षको शुरुआतमै नयाँ सरकार बन्ने दाबी गरेका...
नयाँ वर्षमा मुलुकले नयाँ सरकार पाउँछ, देउवा प्रधानमन्त्री बन्नुहुन्छ : यादव

काठमाडौं, चैत २६ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री महेन्द्र यादवले नयाँ वर्षको शुरुआतमै नयाँ सरकार बन्ने दाबी गरेका छन्।

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता यादवले वर्तमान सरकारको विकल्प खोजिने बताउँदै आगामी नयाँ वर्ष अर्थात बैशाखभित्रै मुलुकले नयाँ सरकार पाउने विश्वास दिलाएका हुन्। उनले भने,‘हामी वर्तमान सरकारको विपक्षमा छौं। यो सरकार १०० प्रतिशित परिवर्तन हुन्छ, नयाँ वर्षमा नयाँ सरकार मुलुकले पाउँछ।’ सभापति देउवाको नेतृन्वमा सरकार बन्ने उनको भनाइ थियो।

Hardik ivf

उनले अहिले सरकारको विकल्प खोज्ने विषयमा आफ्नो पार्टी स्पष्ट रहेको सुनाए। प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्न तीन दिलले ढिलाई गर्न नहुने पनि उनको भनाइ थियो।

नेता यादवले आफ्नो पार्टी अहिले पनि महाधिवेशनमा केन्द्रित रहेको सुनाउँदै सभापति शेरबहादुर देउवाले सरकार गठनमा त्यति चासो नदेखाएको हुनसक्ने तर्क गरे। ओली सरकारको विकल्प खोज्ने विषयमा कांग्रेस, माओवादी केन्द्र र जसपाबीच वार्ता सकारात्मक भएको भन्दै छिट्टै अविश्वासको प्रस्ताव दर्ता हुने उनको भनाइ थियो।

नेकपा (माओवादी केन्द्र) का स्थायी कमिटी सदस्य तथा सांसद देवेन्द्र पौडेलले आफ्नो पार्टीले सरकारलाई दिएको समर्थन यथाशक्य चाँडो फिर्ता लिने स्पष्ट पारेका छन्। उनले सरकारलाई दिएको समर्थन फिर्ता र प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव एकै पटक आउने पनि विश्वास दिलाए।

जनता समाजवादी पार्टी, नेपालका नेता वृषेशचन्द्र लालले आफ्नो पार्टीको एजेण्डा सरकार परिवर्तन वा सरकारलाई निरन्तरता दिनेभन्दा पनि मुद्दा सम्बोधन नै मुख्य रहेको स्पष्ट पारेका छन्। उनले भने, ‘हाम्रो एजेण्डा स्पष्ट छ, हामी सरकार पविर्तन गर्ने वा नयाँ सरकार बनाउने भन्ने होईन, हामीलाई हाम्रो मुद्दा सम्बोधन गर्नुपर्छ।’

उनले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, झुठा मुद्दा लागेकाहरुको मुद्दा फिर्ता, बन्दी रिहाई हुनुपर्ने पनि बताए।

प्रकाशित मिति: १९:२२ बजे, बिहीबार, चैत २६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्