Kathmandu Press

प्रचण्ड ओलीकै सरकारमा छन्, पहिले समर्थन फिर्ता लिनुपर्‍यो नि : देउवा

झापा, चैत २५ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता नलिँदा नयाँ सरकार गठनमा अलमल भएको बताएका छन्।बुधबार झापाको...
प्रचण्ड ओलीकै सरकारमा छन्, पहिले समर्थन फिर्ता लिनुपर्‍यो नि : देउवा

झापा, चैत २५ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता नलिँदा नयाँ सरकार गठनमा अलमल भएको बताएका छन्।

बुधबार झापाको बुद्धशान्ति गाउँपालिकामा शहीद यामबहादुर आचार्यको शालिक अनावरण गर्दै देउवाले पहिले माओवादीले केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्ने बताए।

Hardik ivf

'प्रधानमन्त्री बन्‍नु पर्‍यो सबैले भनेका छन्। भाग्न पनि खोज्या छैन,’ देउवाले भने, ‘तर प्रचण्ड अहिलेसम्म ओलीकै सरकारमा छन्। शेरबहादुरलाई प्रधानमन्त्री बन्न पर्‍यो भन्छन्। सर्मथन फिर्ता लिएकै छैन। अब हेर्नुस् त, के पत्याउने? समर्थन पहिले फिर्ता लिनु पर्‍यो नि।’

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पटकपटक देउवालाई सरकारको नेतृत्व लिन आग्रह गर्दै आएका छन्। उनले सार्वजनिक कार्यक्रममा पनि आफू प्रधानमन्त्री हुन नखोजेको र देउवालाई नेतृत्व लिन आग्रह गरेको बताउँदै आएका छन्।

त्यस्तै, कांग्रेस सभापति देउवाले अझै नयाँ सरकार गठनका लागि सांसदको संख्या निश्चित नभएको बताएका छन्। ‘चाहेर मात्रै प्रधानमन्त्री हुइँदैन नि, त्यसका लागि संख्या चाहिन्छ। संख्या निश्चित हुनुपर्‍यो,’ देउवाले भने।

सरकार गठनका लागि आवश्यक सांसदको संख्या निश्चित भएपछि नेतृत्व लिन तयार रहेको बताए। धोका नहुने गरि काम गर्न खोजेको उनको भनाइ थियो।

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले पनि आफ्नो नेतृत्वका सरकार गठनका लाािग पहल गर्ने निर्णय गरिसकेको छ।

 

प्रकाशित मिति: २१:०५ बजे, बुधबार, चैत २५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्