जय र सुनिताको ‘पीडा धेरै छ’ सार्वजनिक

काठमाडाैं, चैत २५ : गायक जय देवकोटा र सुनिता बुढा क्षेत्रीको नयाँ लोकदोहाोरी गीत ‘पीडा धेरै छ’ सार्वजनिक गरिएको छ । गीतको शब्द मायाराम जैशीले लेखेका हुन् भने संगीत जय देवकोटाको छ।

जय देवकोटाको आफ्नै युट्युब च्यालबाट सार्वजनिक भएको गीतको भिडियोमा रन्जिता गुरूङ, जय देवकोटा, मायाराम जैशी, सुमिना कार्की र खेम घर्तीले अभिनय गरेका छन् । मदन खड्काले निर्देशन गरेको भिडियो दीपक गिरीले खिचेका हुन्।

भिडियोमा परेदशमा रहेका श्रीमानको दुखान्त कथा प्रस्तुत गरिएको छ ।

हेर्नुहाेस् भिडियाे

 Published Date: Tuesday, 6th April 2021 4:24:00 pm