महामारीमा राज्यहरू : एकात्मक भर्सेस संघीय शासन व्यवस्था

कोभिड–१९ ले संघीय वा एकात्मक कुन प्रकारको शासन व्यवस्था ठीक भन्ने वर्षौँ पुरानो बहसलाई ब्युँताइदिएको छ । तथापि, पछिल्ला दिनमा यो विवादलाई अगाडि ल्याउने जर्मन चान्सलर एन्जेला मर्केल हुन् ।

१६ वटा राज्यको संघीय गणतन्त्र जर्मनी कोभिड–१९ जोखिम व्यवस्थापनमा खरो उत्रिन सकेको छैन । जस्तो– मर्केलले एक टेलिभिजन अन्तर्वार्तामा समान ढंगबाट संघले कसरी यसविरुद्ध काम गर्न सक्छ भन्ने द्विविधामा परेको बताएकी छन् । किनकि, उनको अवधारणाअनुसारको नयाँ स्वास्थ्य कानूनले राज्यहरूको अधिकार खोस्छ ।

अन्य संघीय शासन व्यवस्था रहेका मुलुकहरू अमेरिका, बेलायत, बेल्जियम, स्विजरल्यान्ड, ब्राजिल, भारत, अस्ट्रेलियामा जस्तै जर्मनीमा पनि एउटै प्रश्न छ– क्षेत्रीय स्वायत्तता र स्थानीय दायित्वबीच सन्तुलन कायम गर्दै महामारीमा कसरी राष्ट्रिय समन्वय र सामन्जस्यता कायम राख्न सकिन्छ ?

जर्मनीमा कुन तहको सरकारको अव्यवस्था र द्विविधाका कारण कोभिड–१९ माथि विजय पाउन कठिन भएको हो भन्ने सन्देह देखिन्छ । मुलुकको साझा नीति तय गर्न चान्सलर मर्केल राति अबेरसम्म १६ वटै राज्यका गभर्नरहरूसँग छलफल गर्छिन् । जर्मनीमा कोरोना भाइरस संक्रमणको तेस्रो लहर सुरु भएको छ । कतिपय राज्य प्रतिबन्धलाई अझै कडा बनाउन चाहन्छन् । सरल्यान्ड, बर्लिनलगायत कतिपय राज्य भने प्रतिबन्धलाई सावधानीपूर्वक खुकुलो बनाउन चाहन्छन् ।

यो बहसले पंक्तिकारलाई एकात्मक र संघीय राज्यहरूबीचको व्यापार सम्बन्धको बारेमा पुराना सन्धिहरू खोज्न प्रेरणा दियो । संघीय सरकारसँग कडा केन्द्रीय सरकारहरू थिए, जसले स्थानीय राजनीतिज्ञलाई के सुम्पने भन्ने निर्णय गर्थे । त्यसका लागि फ्रान्स एक उत्कृष्ट उदाहरण हो । केन्द्रीय सरकारका अधिकार संवैधानिक रूपमा विकेन्द्रित छन् । सोही कारण राष्ट्रिय सरकारले औपचारिक र अपरिवर्तनशील रूपमा क्षेत्रहरूसँग शक्ति बाँडफाँट गरेको छ ।

संघीयताको अर्थ भनेकै निरंकुश शासकलाई बन्देज लगाउनु हो । एकात्मक र संघीय दुवै प्रकारका लोकतन्त्रमा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीच ‘चेक एन्ड ब्यालेन्स’ जरुरी हुन्छ । तर, संघीय शासन व्यवस्थामा राज्यहरूलाई भिटोको सुविधा हुन्छ । त्यही सुविधा प्रयोग गर्दै राज्यहरूले केन्द्रको विरोध गर्न पाउँछन् । संघीयता बहुलवाद र विविधताका लागि भने अनुकूल शासन व्यवस्था हो ।

राजनीतिक रूपमा फरक क्षेत्रहरू लोकतन्त्रका लागि राम्रो प्रयोगशाला बन्छन् । र, राम्रा नीति तय गर्न प्रतिस्पर्धा हुँदा त्यसले एउटा साझा मञ्च पनि निर्माण गर्छ । अमेरिकाको क्यालिफोर्निया राज्यले वातावरणीय मापदण्डहरूका लागि विश्वकै नेतृत्व गर्छ । भारतको केरला राज्यले शिक्षा सुधारका लागि तय गरेको मार्ग निर्देशन अहिले सबैका लागि प्रेरणाको स्रोत बनेको छ ।

तर, यी लाभहरूको पनि मूल्य हुन्छ । निःसन्देश कुनै असक्षम सरकारले एउटै गल्ती दोहो¥याइरहेको हुन्छ, जसले समन्वयको समस्या निम्त्याउँछ । कतिपय जिम्मेवारी सेयर गर्नुको साटो नक्कल गरिरहँदा अर्थतन्त्रको ठूलो हिस्सा गुम्ने जोखिम रहन्छ । जस्तो– यदि तपाईं मेडिकल रेकर्डहरूलाई विद्युतीय माध्यममा लैजाने प्रयासमा राज्य–राज्यबीच खण्डित अवस्थामा जानुभयो भने असफल बन्नु हुनेछ । तर, राष्ट्रिय प्रणाली प्रयोग गर्दा सफलता अवश्य प्राप्त हुन्छ । जर्मनीमा यसलाई ‘प्याचवर्क क्विल्ट’ भनिन्छ ।

कोभिड महामारीमाथि विजय पाउने सन्दर्भमा जर्मनीमा उत्पन्न विवादहरू नियालौँ, जहाँ संघीयता ‘संगठित गैरजिम्मेवारी’ को एक ढाँचाका रूपमा प्रकट हुन्छ ।  क्षेत्रीय नेताहरूले संघीय सरकारलाई समस्याको सबै जड भएको आरोप लगाइरहेका छन् । र, संघीय सरकारलाई दिएको समर्थन फिर्ता लिइरहेका छन् । जब कि, संघीयताले राजनीतिज्ञलाई बढी उत्तरदायी बनाउँछ भने सिद्धान्त छ । प्रयोगमा कहिलेकाहीं त्यो अभ्यास उल्टो हुन जान्छ ।

यो बहसमा कुन प्रणाली वा पद्धतिको पल्ला भारी हुन्छ भन्न गाह्रो छ । किनकि, यसमा कानूनी, परम्परागत, इतिहास र संस्कृतिसम्मका थुप्रै कारकतत्त्व समेटिन्छन् ।

सन् २००४ मा कटरिना नामक आँधी आउँदा अमेरिकामा अहिलेको जर्मनीमा जस्तै समस्या देखिएको थियो । अमेरिकी नागरिकले ह्वाइटहाउसको निर्णय क्षमतामाथि नै प्रश्न उठाएका थिए ।

अहिले कोभिड–१९ विरुद्ध लड्न संघीय शासन व्यवस्था भएको ब्राजिल असफल भएको छ । तर, संघीय शासन व्यवस्था रहेको अस्ट्रेलिया कोभिड–१९ विरुद्ध खरो उत्रिइरहेको छ । एकात्मक शासन व्यवस्था रहेका दक्षिण कोरिया र भियतनाममा कोरोना भाइरस नियन्त्रणमा देखिन्छ । तर, एकात्मक शासन व्यवस्था नै रहेका आयरल्यान्ड, हंगेरी र फ्रान्समा भाइरस नियन्त्रणबाहिर छ ।

अमेरिकाले कोरोनाविरुद्धको संघर्षमा केन्द्रित रहेर खोप धमाधम खरिद ग¥यो र सफलता पनि पायो । तर, युरोपियन युनियनले अमेरिकाको अनुसरण गर्न खोज्दा असफलता बेहो¥यो । त्यसैले, संघीयता र केन्द्रीकृत राज्य व्यवस्था न प्रश्न हुन्, न त उत्तर नै ।

ब्लुमबर्ग डट कमबाट

 Published Date: Monday, 5th April 2021 5:51:00 am