Kathmandu Press

नेपाल भाषा परिषद्को अध्यक्षमा शाक्य

नेपाल भाषा परिषद्को अध्यक्षमा शाक्य

काडमाडौं, चैत १९ : नेपाल भाषा परिषद्को १६ औँ वार्षिक साधारणसभाले प्रा. सुवर्ण शाक्यको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । 

नयाँ कार्यसमितिको उपाध्यक्षमा नवीन चित्रकार, सचिवमा पुष्परत्न तुलाधर र कोषाध्यक्षमा मंगला कारंजित चयन भएका छन् । त्यसैगरी, सदस्यहरुमा छत्रबहादुर कायस्थ,  ध्रुव मधिकर्मी, नरेशवीर शाक्य, प्रतिसरा साय्मी, विमलप्रभा बज्राचार्य, भवानी तुलाधर र श्रीराम श्रेष्ठ छन् । 

साहित्यकार नारद बज्राचार्यको संयोजकत्वमा गठित निर्वाचन कमिटीले नयाँ कार्यसमितिको घोषणा गरेको हो । 

वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रा. शाक्यले २०७२ सालको भूकम्पले क्षतिग्रस्त बनाएको परिषद् भवनको निर्माण कार्य भारत सरकारको सहयोगमा चाँडै अगाडि बढाउन लागिएको जानकारी दिएका थिए । 

प्रकाशित मिति: १६:४२ बजे, बिहीबार, चैत १९, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्