Kathmandu Press

स्ववियु निर्वाचन माग राख्दै ४५ दिनदेखि त्रिविमा अनशन

काठमाडौं, चैत ६ : नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन माग गर्दै ४५ दिनदेखि रिले अनशन जारी राखेको...
स्ववियु निर्वाचन माग राख्दै ४५ दिनदेखि त्रिविमा अनशन

काठमाडौं, चैत ६ : नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन माग गर्दै ४५ दिनदेखि रिले अनशन जारी राखेको छ।

नेविसङ्घ त्रिभुवन विश्वविद्यालय समितिको आयोजनामा विभिन्न माग राखेर कीर्तिपुरस्थित उपकुलपतिको कार्यालय अगाडि रिले जारी राखेको हो।

Hardik ivf

नेविसङ्घले स्ववियु निर्वाचनसँगै कोभिड–१९ का कारणले लामो समयपछि भएको परीक्षा र त्रिवि नतिजा प्रकाशनमा भएको ढिलाइले विद्यार्थीको शैक्षिक सत्र गुम्ने अवस्था भएकाले परीक्षाको नतिजा एक महिनाभित्र सुनिश्चितताको माग राख्दै अनिश्चितकालिन रिले अनशन बसेको नेविसङ्घका पूर्वकोषाध्यक्ष शिव रिमालले बताए।

त्रिविको क्यालेन्डरअनुसार नयाँ भर्ना प्रक्रिया शुरु गर्नुपर्ने, नेविसङ्घ त्रिवि समिति र त्रिभुवन विश्वविद्यालयबीच भएको २३ बुँदे सहमति कार्यान्वयन गर्नुपर्ने, त्रिविको प्राध्यापक तथा विद्यार्थी सङ्गठनको नेतृत्वलाई षड्यन्त्रपूर्वक बदनाम गराउने तथा झुटा मुद्दा लगाउने काम बन्द गर्नुपर्ने बताएको छ।

अनशनप्रति नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशाङ्क कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, पूर्वसहमहामन्त्रीद्वय डा. रामशरण महत, अर्जुननरसिंह केसी, नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललगायतले ऐक्यबद्धता जनाइसकेका छन्। आफूले राखेका जायज माग पूरा नगरे आमरण अनशन बस्ने नेविसङ्घका नेता धर्मराज शाहीले बताए।

प्रकाशित मिति: १९:२५ बजे, शुक्रबार, चैत ६, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्