Kathmandu Press

ज्योति लाइफको आइपिओमा नयाँ रेकर्ड

काठमाडौं, फागुन २७ : ज्योति लाइफ इन्स्योरेन्सको आइपिओमा आवेदनको रेकर्ड ब्रेक भएको छ । इन्स्योरेन्सको  प्रबन्धक एनएमबी क्यापिटलका अनुसार इन्स्योरेन्सको आइपिओमा १८ लाख...
ज्योति लाइफको आइपिओमा नयाँ रेकर्ड

काठमाडौं, फागुन २७ : ज्योति लाइफ इन्स्योरेन्सको आइपिओमा आवेदनको रेकर्ड ब्रेक भएको छ । इन्स्योरेन्सको  प्रबन्धक एनएमबी क्यापिटलका अनुसार इन्स्योरेन्सको आइपिओमा १८ लाख चार हजार ६४८ जनाको आवेदन परेको छ ।

आइपिओ खरीदका लागि तीन करोड ८० लाख ५७ हजार ७१० कित्ता बराबरको आवेदन परेको छ । आइपिओमा आवेदन  सर्वसाधारणलाई निष्काशनमा ल्याइएको ५९ लाख ४० हजार कित्ताको ६.४० गुणा बढी परेको छ ।

कम्पनीले यही फागुन २१ गते देखि  कुल जारी पूँजीको ३० प्रतिशत अर्थात् रु  ६६ करोड बराबरको ६६ लाख कित्ता शेयर निष्काशन गरेको थियो । त्यसमध्ये पाँच प्रतिशत अर्थात् तीन  लाख ३० हजार कित्ता कर्मचारी र अर्को पाँच प्रतिशत अर्थात् तीन लाख ३० हजार कित्ता सामूहिक लागनी कोषलाई सुरक्षित गरी बाँकी ५९ लाख ४० हजार कित्ता शेयरमा सर्वसाधारणका लागि निष्काशनमा ल्याएको थियो ।

अहिले कम्पनीको अधिकृत पूँजी रु तीन अर्ब, जारी पूँजी रु दुई अर्ब २० करोड र चुक्ता पूँजी रु एक अर्ब ५४ करोड छ । सर्वसाधारणलाई आइपिओ निष्काशनपछि कम्पनीको चुक्ता पूँजी रु दुई अर्ब २० करोड पुग्नेछ । (रासस) 

प्रकाशित मिति: ०६:५० बजे, बिहीबार, फागुन २७, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्