Kathmandu Press

विप्लवको सुरक्षामा प्रहरी निरीक्षकसहित १० जनाको टोली 

काठमाडौं, फागुन २५ : नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’को सुरक्षाको लागि सुरक्षा टोली खटाइएको छ । गृह मन्त्रालयले गत शुक्रबार विप्लव सार्वजनिक...
विप्लवको सुरक्षामा प्रहरी निरीक्षकसहित १० जनाको टोली 
Hardik ivfHardik ivf

काठमाडौं, फागुन २५ : नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’को सुरक्षाको लागि सुरक्षा टोली खटाइएको छ । 

गृह मन्त्रालयले गत शुक्रबार विप्लव सार्वजनिक भएर खुला राजनीतिमा आएसँगै उनका लागि  प्रहरी निरीक्षकसहित १० जनाको टोली खटाएको हो । 

महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहका अनुसार विप्लवको सुरक्षाको लागि प्रहरी निरीक्षक (इन्स्पेक्टर) को कमाण्डमा टोली खटिएको छ।

काठमाडौंको हकमा परिसरले दिने र बाहिरी जिल्लाको हकमा हेडक्वार्टरले व्यवस्था मिलाएको बताइएको छ । 

एसएसपी सिंहका अनुसार विप्लवको सुरक्षाको लागि एउटा अगुवाको गाडी र इन्स्पेक्टरसहित १० जनाको टोली खटिएको छ।

काठमाडौंको सामाखुसीमा बस्दै आएका विप्लव केही दिनयता लुम्बिनी पुगेका छन् ।  

प्रकाशित मिति: ११:५० बजे, मंगलबार, फागुन २५, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्