Kathmandu Press

युरोपेली संघका सदस्य राष्ट्रले मासिक १० करोड खोप पाउने

युरोपेली संघका सदस्य राष्ट्रले मासिक १० करोड खोप पाउने
Hardik ivfHardik ivf

काठमाडौं, फागुन २५ : युरोपेली संघका सदस्य राष्ट्रहरुले आगामी अप्रिलदेखि मासिक १० करोड खोप पाउने भएका छन् ।

युरोपेली संघका प्रमुख उर्सुला भोन डर लेयनले संघ अन्तर्गतका देशहरुलाई मासिक १० करोड खोप उपलब्ध गराउने व्यवस्था गरिएको सोमबार जानकारी दिए । खोप उत्पादकहरुले ठूलो मात्रामा खोप उपलब्ध गराउने आश्वासन दिइसकेको पनि उनले बताए ।

प्रयोगका लागि अनुमति पाएका खोपहरूको सङ्ख्या धेरै भएको र तीमध्येकै खोपहरु ल्याउने तयारी भएको उनको भनाइ छ । युरोपेली संघले वायोएनटेक, अस्ष्ट्राजेनिका र मोडर्नाको खोप प्रयोगका लागि यसअघि नै अनुमति दिएको छ ।

मासिक १० करोड खोप युरोपेली संघका मुलुकहरूमा आउनु आँफैमा ठूलो उपलब्धि भएको पनि उनले जानकारी दिए । युरोपेली संघ अन्तर्गत रहेको २७ मुलुकमा ४४ करोड ६० लाख मानिसले अहिले कोरोनाविरुद्धको खोप लगाइसकेका छन् । 

प्रकाशित मिति: ०६:२५ बजे, मंगलबार, फागुन २५, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्