Kathmandu Press

वेस्टइन्डिजले जित्यो श्रीलंकाविरुद्धको टि–२० सिरिज

काठमाडौं, फागुन २४ : घरेलु टिम वेस्टइन्डिजले श्रीलंकाविरुद्धको टि–२० सिरिज जितेको छ। अन्तिम तथा निर्णायक खेल श्रीलंकालाई ३ विकेटले हराउँदै वेस्टइन्डिजले तीन खेलको...
वेस्टइन्डिजले जित्यो श्रीलंकाविरुद्धको टि–२० सिरिज
Hardik ivfHardik ivf

काठमाडौं, फागुन २४ : घरेलु टिम वेस्टइन्डिजले श्रीलंकाविरुद्धको टि–२० सिरिज जितेको छ। अन्तिम तथा निर्णायक खेल श्रीलंकालाई ३ विकेटले हराउँदै वेस्टइन्डिजले तीन खेलको सिरिज २–१ले जितेको हो।

सिरिजको पहिलो खेलमा वेस्टइन्डिजले ४ विकेटको जितेको थियो भने दोस्रो खेलमा श्रीलंका ४३ रनले विजयी भएको थियो।

एन्टिगुवामा सोमबार भएको अन्तिम खेलमा  पहिला ब्याटिङ गर्दै श्रीलंकाले दिएको १३२ रनको समान्य लक्ष्य वेस्टइन्डिजले १९ ओभरमा ७ विकेट गुमाउँदै भेट्टायो । उसका लागि लिन्डल सिमोन्सले सर्वाधिक २६ रन बनाए भने निकोलस पुरणले २३, इभिन लेविस र फबियन एलनले समान २१ रन बनाए। श्रीलंकाका लक्सान शन्दकानले ३ विकेट लिए ।

टस जितेर पहिला ब्याटिङ गरेको श्रीलंकाले २० ओभरमा ४ विकेट गुमाएर १३१ रन मात्र बनाउन सक्यो । उसका लागि श्रीलंकाका लागि दिनेश चन्डिमलले अर्धशतक प्रहार गरे । उनले ४६ बल खेल्दै ३ चौक मद्दतमा अविजित ५४ रन बनाए । यस्तै अशेन बन्दराले ३५ बलमा ३ चौका र २ छक्कासहित ४४ रन बनाए ।

वेस्ट इन्डिजका फाबियन एलन केभिन सिक्लेर,ओबेड म्याकक्वे र जासन होल्डरले एक–एक विकेट लिए ।

वेस्टइन्डिज  भ्रमणमा रहेको श्रीलंकाले ३ एकदिवसीय र २ टेस्ट खेल्ने छ।

 

प्रकाशित मिति: १०:२० बजे, सोमबार, फागुन २४, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्