Kathmandu Press

अन्तिम खेल जित्दै न्युजिल्यान्डले जित्यो टि–२० सिरिज

कामाडाैं, फागुन २३ : पाँच खेलको सिरिजको अन्तिम टि–२०मा अस्ट्रेलियालाई पराजित गर्दै घरेलु टोली न्युजिल्यान्डले टि–२० सिरिज जितेको छ। आइतबार वेलिङटनमा भएको अन्तिम...
अन्तिम खेल जित्दै न्युजिल्यान्डले जित्यो टि–२० सिरिज
Hardik ivfHardik ivf

कामाडाैं, फागुन २३ : पाँच खेलको सिरिजको अन्तिम टि–२०मा अस्ट्रेलियालाई पराजित गर्दै घरेलु टोली न्युजिल्यान्डले टि–२० सिरिज जितेको छ। आइतबार वेलिङटनमा भएको अन्तिम तथा निर्णायक टि–२०मा अस्ट्रेलियालाई ७ विकेटले हराउँदै न्युजिल्यानडले ५ खेलको सिरिज ३–२ले जितेको हो।

सिरिजका सुरुआती २ खेल न्युजिल्यान्डले जितेको थियो, त्यसपछि सिरिजमा पुनरागमन गर्दै दुई खेल अस्ट्रेलियाले जितेपछि सिरिज रोञ्माचक बनेको थियो। तर, अन्तिम खेलमा घरेलु टिम हाबी भयो, र सिरिज जित्यो।

वेलिङ्टनमा पहिला ब्याटिङ गर्दै अष्ट्रेलियाले दिएको १४३ रनको लक्ष्य न्युजिल्यान्डले १५.३ ओभरमा ३ विकेट गुमाउँदै भेट्टायो।  उसका लागि मार्टिन गप्टिलले सर्वाधिक ७१ रन बनाए । उनले ४६ बल खेल्दै ७ चौका र ४ छक्का प्रहार गरे ।

यस्तै डेभोन कनवेले ३६ रन जोड्दा ग्लेन फिलिप्सले अविजित ३४ रन योगदान गरे। अष्ट्रेलियाका रिले मेरेडिथले २ र झ्ये रिचर्डसनले १ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४२ रन बनायो । अष्ट्रेलियाका लागि म्याथ्यु वेडले सर्वाधिक ४४ रन बनाए भने कप्तान आरोन फिन्चले ३६ र मार्कस स्टोइनिसले २६ रनको योगदान दिए । न्युजिल्यान्डका इश सोधीले ३ विकेट लिए भने ट्रेन्ट बोल्ट र टिम साउदीले समान २ विकेट लिए ।

प्रकाशित मिति: १०:२९ बजे, आइतबार, फागुन २३, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्