Kathmandu Press

वसन्तपुर डबलीमा काजीमानले छातीमा फुटाए ७५ केजीको ढुंगा (तस्बिरहरु)

काठमाडौं, फागुन २२ : नेपाल बुदोकैदो फुलकन्ट्याक्ट संघले आयोजना गरेको वसन्तपुर डबलीमा राष्ट्रिष्य बुदोकैदो फुलकन्ट्याक्ट प्रतियोगिता अयोजना गरेको छ। फुलकन्ट्याक्ट संघले प्रत्येक वर्ष...
वसन्तपुर डबलीमा काजीमानले छातीमा फुटाए ७५ केजीको ढुंगा (तस्बिरहरु)
Hardik ivfHardik ivf

काठमाडौं, फागुन २२ : नेपाल बुदोकैदो फुलकन्ट्याक्ट संघले आयोजना गरेको वसन्तपुर डबलीमा राष्ट्रिष्य बुदोकैदो फुलकन्ट्याक्ट प्रतियोगिता अयोजना गरेको छ। फुलकन्ट्याक्ट संघले प्रत्येक वर्ष स्व.प्रेमकला श्रेष्ठको स्मृतिमा राष्ट्रिष्य बुदोकैदो फुलकन्ट्याक्ट तौल समूह प्रतियोगिता आयोजना गर्दै आएको छ।

प्रतियोगिता विगत १५ वर्षदेखि लगतार रुपमा गर्दै आएको संघका अध्यक्ष काजीमान श्रेष्ठले जानकारी दिए। प्रतियोगिता फागुन २१ र २२ गते वसन्तपुर बडलीमा सम्पन्न भएको थियो। प्रतियोगितामा देशभरका डोजोहरु सहभागी थिए।

प्रतियोगिताका विजेतालाई प्रमुख अतिथि काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र विशेष अतिथि शुक्लागण्डी नगरपालिका तनहुँका मेयर किरण गुरुङले मेडल र प्रमाणपत्र वितरण गरेका थिए।

प्रतियोगितामा संघका अध्यक्ष काजीमान श्रेष्ठले छातीमा ७५ केजीको ढुंगा र आईस फुटाएका थिए।

 

 

प्रकाशित मिति: १८:१८ बजे, शनिबार, फागुन २२, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्