Kathmandu Press

प्रधानमन्त्री ओलीलगायत नेतालाई हटाएकोबारे संसद् सचिवालयलाई नेकपाले दियो जानकारी

काठमाडौं, फागुन २० : नेकपा प्रचण्ड नेपाल समूहले प्रधानमन्त्रीसमेत रहेका संसदीय दलका नेता केपी शर्मा ओली, उपनेता सुवास नेम्वाङ, सचेतक शान्ता चौधरीलगायतलाई दलबाट...
प्रधानमन्त्री ओलीलगायत नेतालाई हटाएकोबारे संसद् सचिवालयलाई नेकपाले दियो जानकारी
Hardik ivfHardik ivf

काठमाडौं, फागुन २० : नेकपा प्रचण्ड नेपाल समूहले प्रधानमन्त्रीसमेत रहेका संसदीय दलका नेता केपी शर्मा ओली, उपनेता सुवास नेम्वाङ, सचेतक शान्ता चौधरीलगायतलाई दलबाट हटाएकोबारे संघीय संसद् सचिवालयलाई जानकारी दिएको छ।

नेकपा प्रमुख सचेतक देव गुरुङसहितका नेताहरुले बिहीबार संघीय संसद् सचिवालय सिंहदरबार पुगेर दलका नेता ओली, उपनेता नेम्वाङ, सचेतक चौधरीलाई जिम्मेवारीमुक्त गरेको जानकारी दिएका हुन्।

प्रमुख सचेतक गुरुङले भने, 'संसदीय दलको निर्णयअनुसार संसद् चल्ने भएकाले हामीले पार्टीमा भएको परिमार्जनबारे संसद् सचिवालयलाई जानकारी गराएका छौं।'

नेकपाले प्रधानमन्त्री तथा संसदीय दलका नेता ओली, उपनेता नेम्वाङलगायतका विषयमा पार्टीले गरेको निर्णय संसद्लाई जानकारी गराएको उनको भनाइ छ।

संसद् सचिवालयलाई जानकारी दिन प्रमुख सचेतक गुरुङसहित सांसदहरु सुरेन्द्र पाण्डे, पम्फा भुसाल, दिनानाथ शर्मा र जीवनराम श्रेष्ठ संसद् सचिवालय पुगेका थिए।

 

प्रकाशित मिति: १७:४५ बजे, बिहीबार, फागुन २०, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्