Kathmandu Press

रतन तिरुवाको नेतृत्वमा ‘नेपाल श्रमिक पार्टी’ स्थापना

रतन तिरुवाको नेतृत्वमा ‘नेपाल श्रमिक पार्टी’ स्थापना
Hardik ivfHardik ivf

काठमाडौं, फागुन १८ : माक्सवाद, लेनिनवादी विचारधारालाई देशको वस्तुगत परिस्थितिअनुसार अघि बढ्ने प्रतिवद्वताको साथ नेपाल श्रमिक पार्टी स्थापना भएको छ।

मंगलबार रिपोर्टस क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर पार्टी स्थापना भएको नवगठित पार्टीका अध्यक्ष रतन तिरुवाले बताए।

कार्यक्रममा बोल्दै पार्टीका अध्यक्ष तिरुवाले वर्तमान संकटलाई निकास दिनको लागि बहुसंख्यक श्रमिकहरुले एकपटक फेरि संघर्ष गर्नुपर्ने बेला भएको बताए। उनले भने,‘वर्तमान संकटलाई निकास दिनको लागि नेपाल श्रमिक पार्टी स्थापना भएको छ।’

नेपाल श्रमिक पार्टीका अध्यक्ष तिरुवाले जारी गरेको विज्ञप्तिमा पार्टीको संगठनात्मक सिद्धान्तबारे जनवादी केन्द्रीयताको सिद्धान्तलाई नै अनुसरण गरिने लेखिएको छ। जसअनुसार व्यक्ति संगठनको मातहतमा रहने, अल्पमत बहुमतको मातहतमा रहने, तल्लो स्तरका समिति माथिल्लो स्तरको समितिको मातहतमा रहने र सम्पूर्ण केन्द्रीय सदस्यहरु केन्द्रीय समितिको मातहतमा रहनेछ।

 

प्रकाशित मिति: १८:२६ बजे, मंगलबार, फागुन १८, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्