Kathmandu Press

प्रिमियर लिगमा टोटनह्याम र लिभरपुल विजयी

काठमाडौं, फागुन १७ : इङलिस प्रिमियर लिग अन्तर्गत फुटबलमा लिभरपुलले सेफिल्ड युनाईटेडलाई हराएको छ। यस्तै  टोटनह्यामले बर्नलीमाथि फराकिलो जित निकालेको हो ।गएराति सम्पन्न...
प्रिमियर लिगमा टोटनह्याम र लिभरपुल विजयी

काठमाडौं, फागुन १७ : इङलिस प्रिमियर लिग अन्तर्गत फुटबलमा लिभरपुलले सेफिल्ड युनाईटेडलाई हराएको छ। यस्तै  टोटनह्यामले बर्नलीमाथि फराकिलो जित निकालेको हो ।

गएराति सम्पन्न खेलमा  लिभरपुलले सेफिल्डलाई २-० गोल अन्तरले हरायो भने टोटनह्यामले बर्नलीमाथि ४-० को फराकिलो जित हासिल गरेको हो। टोटनह्यामको जितमा ग्यारेथ बेलले उत्कृष्ट प्रदर्शन गरेका थिए।

बेलले टोटनह्यामका लागि २ गोल गरेका थिए ह्यारी केन र लुकास मोउराले एक/एक गोल गरेका थिए। जितपछि  लिभरपुलको २६ खेलबाट ४३ अंक भएको छ। तालिकाको छैठौं स्थनामा छ । टोटनह्यामको २५ खेलमा ३९ अंक भएको छ र लिगमा आठौ स्थानमा रहेको छ।

त्यस्तै बर्नलीको भने २६ खेलमा २८ अंक रहेको छ र लिगमा १५औ स्थानमा रहेको छ। यस्तै गएराति नै भएको अर्को खेलमा आर्सननलले लिसेस्टर सिटीलाई ३-१ ले हराउँदै तालिकाको दशौं स्थानमा उक्लिएको छ।

यस्तै हारेको लिसेस्टर तेस्रो स्थानमा कायमै छ। यस्तै म्यानचेस्टर युनाईटेड र चेल्सीले गोलरहित बराबरी खेल्दा क्रिस्टल प्यालेस र फुलह्याम पनि गोलरहित बराबरीमा रोकिए।  

प्रकाशित मिति: ०६:४२ बजे, सोमबार, फागुन १७, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्