Kathmandu Press

एम्बाप्पेको दुई गोलमा पीएसजीको शानदार जित

काठमाडौं, फागुन १६ : फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फराकिलो जित निकालेको छ ।शनिबार राति भएको खेलमा पीएसजीले डिजोनलाई...
एम्बाप्पेको दुई गोलमा पीएसजीको शानदार जित

काठमाडौं, फागुन १६ : फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फराकिलो जित निकालेको छ ।

शनिबार राति भएको खेलमा पीएसजीले डिजोनलाई ४-० गोलले पराजित गरेको हो ।

Hardik ivf

डिजोनको मैदानमा पीएसजीलाई जित दिलाउन केलियन एमबाप्पेले दुई गोल गरे । मोइस किन र डानिलो पेरेइराको नाममा एक/एक गोल गरे ।

जितसँगै पीएसजी ५७ अंकसहित लिगको दोस्रो स्थानमा उक्लिएको छ । पराजित डिजोन १५ अंकसहित  पुछारमा छ ।

प्रकाशित मिति: ०८:३३ बजे, आइतबार, फागुन १६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्