
काठमाडौं, फागुन १६ : कप्तान लियोनल मेस्सिको उत्कृष्ट प्रदर्शनमा स्पेनिस ला लिगा फुटबलमा उपाधि दाबेदार बार्सिलोनाले सहज जित निकालेको छ ।
शनिबार राति भएको खेलमा सेभियालाई उसकै घरेलु मैदानमा बार्सिलोनाले २-० गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनाको जितमा कप्तान मेस्सी र ओसुमाने डेम्बेलेले एक एक गोल गरे ।
खेलको २९ औँ मिनेटमा डेम्बेलेले गोल गर्दै बार्सिलोनालाई १-० को अग्रता दिलाए । ८६औँ मिनेटमा मेस्सीले गोल गर्दै बार्सिलोनालाई २-० को सहज जित दिलाए ।
जितसँगै बार्सिलोना २५ खेलमा ५३ अंकसहित लिगको दोस्रो स्थानमा उक्लिएको छ । बार्सिलोना शीर्ष स्थानको एट्लेटिको मड्रिड भन्दा २ अंकले पछि रहेको छ । सेभिया ४८ अंकसहित चौंथो स्थानमा छ ।