Kathmandu Press

‘आइसोलेसन’ कला प्रदर्शनीमा ‘ह्युमनलेस स्पेसेस’ खोजी (फोटो फिचर)

काठमाडौं, फागुन १३ : कलाकार कैलाश के श्रेष्ठले ‘आइसोलेसन’ नाम दिएर कला प्रदर्शन गरेका छन्।ह्युमनलेस स्पेसेस् अनुभव गर्न ‘आइसोलेसन’ कला प्रर्दशनी गरिएको हो।...
‘आइसोलेसन’ कला प्रदर्शनीमा ‘ह्युमनलेस स्पेसेस’ खोजी (फोटो फिचर)

काठमाडौं, फागुन १३ : कलाकार कैलाश के श्रेष्ठले ‘आइसोलेसन’ नाम दिएर कला प्रदर्शनी गरेका छन्।

ह्युमनलेस स्पेसेस् अनुभव गर्न ‘आइसोलेसन’ कला प्रर्दशनी गरिएको हो। प्रदर्शनीमा श्रेष्ठले उतारका तस्बीरहरु राखिएका छन्।

मिक्स मिडिया प्रयोग गरि उतारिएका तस्बीरमा शिर नभएका शरीर मात्र भएका तस्बीर राखिएका छन्। अद्र्धशरीरले वर्षाैदेखि आइसोलेसनमा बसेका मानिसलाई संकेत गर्न खोजेको छ।

मास्क लगाएर सिंहदरबार अगाडि ठिङ्ग उभिएका अर्धशरीरले आइसोलनमा बसेका मानिस तथा नेताहरुलाई इंगित गरेको छ। तस्बीरहरुले हाम्रो समाज र हाम्रै चेतनाको प्रतिरुपलाई देखाउने प्रयास गरेका छन्।

प्रदर्शनीमा केहि तस्बीरहरुले प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पनि संकेत गरेको छ।  

अहिलेको समयमा सामाजिक सञ्जालमार्फत एक–अर्कासँग जोडिए पनि भौतिक उपस्थिति नजनाउने परिस्थितिलाई पनि उनले प्रर्दशनीमा देखाउन खोजेका छन्।

पाटनढोकास्थित ढोकैमा क्याफेको भ्यान गो ग्यालरीमा ‘खोलोः अ साइकल अफ लाइफ’ सिरिजअन्र्तगत उनको ‘आइसोलेसन’ प्रदर्शन सम्पन्न भएको छ।

 

 

प्रकाशित मिति: १८:२६ बजे, बिहीबार, फागुन १३, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्