खुमलटारमा बामदेवले भेटे प्रचण्ड
काठमाडौं फागुन १३ : सर्वोच्च अदालतले संसद् विघटन बदर गरेपछि उत्पन्न राजनीतिक घटनाक्रममा विषयमा छलफल गर्न नेकपा उपाध्यक्ष बामदेव गौतम प्रचण्ड–नेपाल समूहका नेता प्रचण्डलाई...
काठमाडौं फागुन १३ : सर्वोच्च अदालतले संसद् विघटन बदर गरेपछि उत्पन्न राजनीतिक घटनाक्रममा विषयमा छलफल गर्न नेकपा उपाध्यक्ष बामदेव गौतम प्रचण्ड–नेपाल समूहका नेता प्रचण्डलाई भेट्न उनको निवास खुमलटार पुगेका छन् ।
बिहान ७ बजे नै खुमलटार पुगेका गौतमले प्रचण्डसँग आधा घण्टा कुराकानी गरेका थिए । प्रचण्डसँगको भेटमा गौतमले प्रधानमन्त्री केपी ओली सम्मानजनक ढंगले बहिर्गमनको वातावरण बनाउन र नेकपाभित्रैबाट नयाँ प्रधानमन्त्री चुन्न प्रस्ताव गरेको बताइएको छ ।
नेकपा दुई खेमामा बिभाजित भएको बेला गौतम तटस्थ बसेर पार्टी एकताको पहल गर्दै आएका छन् । उनले बुधबारमात्रै विज्ञप्ति प्रकाशित गरी अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डलाई पार्टी एकताको पहल गर्न आग्रह गरेका थिए ।
प्रकाशित मिति: ११:०२ बजे, बिहीबार, फागुन १३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
-(7)-1754027599.jpg)