गायिका अन्जु पन्त र थीर कोइराला बैवाहिक वन्धनमा बाधिए
काठमाडौं, फागुन १३ : गायिका अन्जु पन्त बैवाहिक जीवनमा बाधिएकी छिन् ।उनले प्रेमी थीर कोइरालासँगको ४ वर्षको प्रेमलाई उनीहरुले विवाहमा परिणत गरेकी हुन्...
काठमाडौं, फागुन १३ : गायिका अन्जु पन्त बैवाहिक जीवनमा बाधिएकी छिन् ।
उनले प्रेमी थीर कोइरालासँगको ४ वर्षको प्रेमलाई उनीहरुले विवाहमा परिणत गरेकी हुन् । बुधबार काठमाडौंको एक चर्चमा पुगेर यो जोडी बैवाहिक बन्धनमा बाधिएको हो ।
उनीहरु दुबै इसाई धर्मावलम्बी भएका कारण सोही परम्पराअनुसार विवाह गरेका हुन्। अन्जु र थीरको केही समय अगाडि मात्र प्रेम सम्बन्ध सार्वजनिक भएपनि तत्काल विवाह नगर्ने बताउँदै आएका थिए।
गायिका पन्तको एक दशक अगाडि गायक तथा संगीतकार मनोजराजसँग डिभोर्स भएको थियो ।
प्रकाशित मिति: ०७:१९ बजे, बिहीबार, फागुन १३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार