Kathmandu Press

सर्वोच्चको फैसलालगत्तै प्रचण्ड र देउवाबीच फोनवार्ता, भोलि थप छलफल हुने

सर्वोच्च अदालतको फैसलालगत्तै नेकपा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच फोनवार्ता भएको छ।
सर्वोच्चको फैसलालगत्तै प्रचण्ड र देउवाबीच फोनवार्ता, भोलि थप छलफल हुने
नेकपा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र कांग्रेस सभापति शेरबहादुर देउवा। फाइल फाेटाे

काठमाडौं, फागुन ११ : सर्वोच्च अदालतको फैसलालगत्तै नेकपा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच फोनवार्ता भएको छ। दुवै नेताबीच भोलि थप छलफल हुने भएको छ।

मंगलबार साँझ सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको संसद् विघटन गर्ने निर्णय बदर गरेको छ। यससँगै प्रतिनिधिसभा पुनःस्थापना भएको छ भने १३ दिनभित्रै संसद् अधिवेशन शुरु हुने भएको छ।

Hardik ivf

सर्वोच्चको फैसला आएलगत्तै मंगलबार राति प्रचण्ड र देउवाबीच फोनवार्ता भएको हो। वार्तामा दुवै नेताले बधाई साँटासाँट गरेकाे जनाएकाे छ। 'फाेनवार्तामा दुवै नेताले सर्वोच्चको फैसलाको स्वागत गर्नुभयाे। संसद् पुनःस्थापना भएकोमा एक अर्कालाई बधाई पनि दिनुभयाे,' उच्च स्रोतले काठमाडौं प्रेससँग भन्यो।

अध्यक्ष प्रचण्ड र सभापति देउवाबीच सर्वोच्चको फैसलापछिको राजनीतिक परिदृश्यका विषयमा पनि कुराकानी भएको छ। उनीहरुले समसायिक विषयमा कुराकानी गरेको उच्च स्रोतले बतायो।

दुवै नेताले अब मिलेर अगाडि बढ्नुपर्ने विषयमा जोड दिएका छन्। यससम्बन्धी सामान्य कुराकानी भएको जनाएको छ।

सर्वोच्चको फैसलापछि अब कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल गर्न बुधबार भेटघाट गर्ने भएका छन्। दुवै नेताबीच छलफल गर्ने समय तय भएको उच्च स्रोतले जनाएको छ।

प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गराएका थिए। त्यसको विरोधमा नेकपा (प्रचण्ड नेपाल) समूह र कांग्रेस आन्दोलनमा गर्दै आइरहेका थिए।

प्रकाशित मिति: २१:१९ बजे, मंगलबार, फागुन ११, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्