Kathmandu Press

सर्वोच्चको फैसलाले जनताको जीत भएको छ : नेपाल

काठमाडौं, फागुन ११ : नेकपा (प्रचण्ड नेपाल) समूहका अध्यक्ष माधवकुमार नेपालले सर्वोच्च अदालतको फैसलाले जनताको जीत भएको बताएका छन्।उनले सामाजिक सञ्जालमार्फत सर्वोच्चको फैसलाको...
सर्वोच्चको फैसलाले जनताको जीत भएको छ : नेपाल

काठमाडौं, फागुन ११ : नेकपा (प्रचण्ड-नेपाल) समूहका अध्यक्ष माधवकुमार नेपालले सर्वोच्च अदालतको फैसलाले जनताको जीत भएको बताएका छन्।

उनले सामाजिक सञ्जालमार्फत सर्वोच्चको फैसलाको स्वागत गर्दै यसलाई ऐतिहासिक भनेका छन्। नेपालले भने, 'सर्वोच्च अदालतको ऐतिहासिक फैसलाले जनताको जीत भएको छ।'

Hardik ivf

अध्यक्ष नेपालले सर्वोच्च अदालतप्रति आभार प्रकट गरेका छन्। उनले ट्वीटमा भनेका छन्, 'सम्मानित अदालतले प्रशंसनीय र ऐतिहासिक फैसला सुनाएर लोकतन्त्रको रक्षा गरेकोमा सर्वोच्च अदालतप्रति आभार व्यक्त गर्दछु सम्पूर्ण जनता,आन्दोलनमा उत्रेका दलहरु,नागरिक समाज, मिडिया, समाजका सबै तहका जनतालाई हार्दिक धन्यवाद दिन चाहन्छु।'

 

प्रकाशित मिति: २०:०८ बजे, मंगलबार, फागुन ११, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्