Kathmandu Press

सर्वोच्च अदालतले लोकतन्त्रको रक्षा गर्‍यो : डा.भट्टराई

काठमाडौं, फागुन ११ : जनता समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले सर्वोच्च अदालतले लोकतन्त्रको रक्षा गरेको बताएका छन्।भारतको दिल्लीमा रहेका डा. भट्टाराईले सर्वोच्चको फैसला...
सर्वोच्च अदालतले लोकतन्त्रको रक्षा गर्‍यो : डा.भट्टराई

काठमाडौं, फागुन ११ : जनता समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले सर्वोच्च अदालतले लोकतन्त्रको रक्षा गरेको बताएका छन्।

भारतको दिल्लीमा रहेका डा. भट्टाराईले सर्वोच्चको फैसला सुन्दा रोग हराएझै भएको बताएका छन्। उनले ट्वीट गर्दै भनेका छन्, 'कस्तो सुखद संयोग! अस्पतालमा आफ्नो स्वास्थ्य परीक्षणको प्रतिवेदन पर्खदै गर्दा मनचाहिं देशभित्र सर्वोच्चको फैसलातिर थियो! हिन्दू मिथकको भष्मासुरलाई बिष्णुले मोहिनी रूप धारण गरेर वध गरे झैं सर्वोच्च अदालतले नेपाली भष्मासुरको वध गरेर लोकतन्त्रको रक्षा गरेको खबर सुन्दा रोगै हराए झैं भो!'

Hardik ivf

उनी उपचारका लागि भारतको दिल्लीमा छन्। उनको स्वास्थ्य परीक्षण चलिरहेको छ।

 

प्रकाशित मिति: १९:५० बजे, मंगलबार, फागुन ११, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्