
काठमाडौं, फागुन ११ : इटालियन सिरी ए फुटबलमा युभेन्टसले क्रोटोनलाई ३-० गोल अन्तरले हराएको छ ।
युभेन्टसको जितमा क्रिस्टियानो रोनाल्डोले २ गोल गरेका छन् भने वेस्टन म्याककेनले एक गोल गरेका थिए। रोनाल्डोले खेलको ३८औ मिनेट र ४५औ मिनेटमा गरे भने वेस्टनले खेलको ६६ औ मिनेटमा एक गोल गरेका थिए।
यस खेलमा यस सिजनको आफ्नो १७ औ र १८औ गोल गरेका रोनाल्डोले इटालियन सिरी ए मा रहेका सबै टिमविरुद्ध गोल गर्ने नयाँ रेकर्ड बनाएका हुन् ।
जितसँगै युभेन्टस सिरी ए मा २२ खेलमा ४५ अंक बटुल्दै तेस्रो स्थानमा उक्लिएको छ। युभेन्टसभन्दा अगाडी एसी मिलानको २३ खेलमा ४९ अंक छ भने शिर्ष स्थानमा रहेको इन्टर मिलानको २३ खेलमा ५३ अंक रहेको छ।