Kathmandu Press

नेप्से परिसूचक बढ्यो, कारोबार रकम घट्यो

काठमाडौं, फागुन ५ : साताको चौथो कारोबार दिन नेप्से परिसूचक एकलले अंकमा बढेको छ । आज ९.९४ अंकले बढेर नेप्से परिसूचक २ हजार ६११.४५...
नेप्से परिसूचक बढ्यो, कारोबार रकम घट्यो
Hardik ivfHardik ivf

काठमाडौं, फागुन ५ : साताको चौथो कारोबार दिन नेप्से परिसूचक एकलले अंकमा बढेको छ । आज ९.९४ अंकले बढेर नेप्से परिसूचक २ हजार ६११.४५ मा बन्द भएको छ।

हिजोको तुलनामा आज कारोबार रकम घटेको छ । हिजाे १० अर्बमाथि काराेबार भएकाे थियाे तर आज २०३ कम्पनीका १ करोड ७६ लाख ८८ हजार २७१ कित्ता सेयर ८ अर्ब ३ करोड ५५ लाख १० हजार ८४४ रुपैयाँमा खरिद बिक्री भएको छ। 

बैंक, व्यापार, विकास बैंक, म्युचुअल फन्ड र अन्य उपसूचक उकालो लागेका छन् भने होटेल, हाइड्रोपावरलगायत सातवटा उपसूचक ओरालो लागेका छन्।

प्रकाशित मिति: १५:३७ बजे, बुधबार, फागुन ५, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्