Kathmandu Press

विश्वमा कोरोना संक्रमितको संख्या १० करोड नाघ्यो    

विश्वमा कोरोना संक्रमितको संख्या १० करोड नाघेको छ । कोरोनाबाट २१ लाखभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ । ७ करोड २९ लाखभन्दा बढी व्यक्ति कोरोना भाइरसमुक्त भएका छन् । 
विश्वमा कोरोना संक्रमितको संख्या १० करोड नाघ्यो    
Hardik ivfHardik ivf

विश्वमा कोरोना संक्रमितको संख्या १० करोड नाघेको छ । कोभिड –१९ बाट संयुक्त राज्य अमेरिका अतिप्रभावित देशको सूचीमा परेको छ । अमेरिकामा २ करोड ५० लाख व्यक्ति कोरोना  संक्रमित भएका छन् । संक्रमणका कारण अमेरिकामा ४  लाख २० हजार व्यक्तिको मृत्यु भइसकेको छ ।     

यद्यपि अमेरिकाका नव निर्वाचित राष्ट्रपति जो बाइडेनले कोरोना भाइरस विरुद्धको खोप कार्यक्रमलाई अगाडि बढाउने वाचा गरेका छन् । अमेरिकाको सम्पूर्ण जनसंख्यालाई खोप लगाउनु एक चुनौतीपूर्ण कार्य भएको र ट्रम्प प्रशासनबाट विरासतमा आएको यो कार्यक्रम अपेक्षा गरेको भन्दा खराब अवस्थामा भएको पनि उनको भनाइ छ ।
     
त्यस्तै विश्वमा  कोरोनाबाट २१ लाखभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ । ७ करोड २९ लाखभन्दा बढी व्यक्ति कोरोना भाइरसमुक्त भएका छन् । 

प्रकाशित मिति: १८:४८ बजे, बुधबार, माघ १४, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्