Kathmandu Press

मतदाताको हिसाब गर्दै गौतमले भने– हाम्रो हार निश्चित छ, अर्को पार्टी सरकारमा पुग्छ

गौतमले नेकपा विभाजनले अर्को पार्टी (कांग्रेस)लाई फाइदा हुने संकेत गरेका छन् ।
मतदाताको हिसाब गर्दै गौतमले भने– हाम्रो हार निश्चित छ, अर्को पार्टी सरकारमा पुग्छ
Hardik ivfHardik ivf

काठमाडौं, माघ १३ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले पार्टी फुटेर निर्वाचनमा जाँदा हार निश्चित हुने दाबी गरेका छन् । गौतमले गत निर्वाचनमा तत्कालीन माओवादी केन्द्र र एमाले मिलेर ४३ लाख मत ल्याएको हिसाब देखाउँदै पार्टी फुटेर निर्वाचनमा जाँदा  सो मत बाँडिने भएकाले हार निश्चित हुने दाबी गरेका हुन् ।

गौतमले नेकपा विभाजनले अर्को पार्टी (कांग्रेस)लाई फाइदा हुने संकेत गरेका छन् । उनले भने, ‘अघिल्लो निर्वाचनमा हामीले ४३ लाख मत प्राप्त गर्‍यौँ । नेपाली कांग्रेसले ३० लाख प्राप्त गरेको थियो । नेकपा फुटेर निर्वाचनमा जाँदा साढे २१  लाख भोट हात पर्छ, यो तथ्यांक केही यताउति पर्न सक्छ । तर यो भोटले निर्वाचन जितिँदैन । पराजित हुने विकल्प छैन ।’

गौतमले केही नेताले एक्लै निर्वाचनमा बहुमत ल्याउने भनेर गरेको दाबी पनि गलत साबित हुने बताएका छन् । उनले भने, ‘हाम्रा नेता एक्लै बहुमत ल्याउँछु भन्नुहुन्छ । सिद्धान्तले गलत साबित गर्छ ।’  

गौतमले आजबाट औपचारिक रुपमा नै नेकपा एकता राष्ट्रिय अभियान घोषणा गरेका छन् । नेकपा विभाजनले पार्टी कार्यकर्तादेखि जनतासम्म निराश भएको उनको भनाइ छ । पार्टी र देशको विकासका लागि नेकपाको एकता अपरिहार्य भएको उनको दाबी छ । 
 

प्रकाशित मिति: १२:५१ बजे, बुधबार, माघ १४, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्