Kathmandu Press

शुभ कार्य गर्न नहुने ग्रह अस्तका बेला किन गरे प्रधानमन्त्री ओलीले पशुपतिमा पुजा ?

ज्योतिषहरुका अनुसार अहिले बृहस्पति ग्रह अस्ताएको छ भने माघको अन्तिमतिर शुक्र ग्रह अस्ताउदैछ । ग्रह अस्तका बेला शुभ कामहरु लाखबत्ति बाल्ने, विवाह, विषेश पुजा, नयाँ कामहरु सुरु गर्न नहुने ज्योतिषहरु बताउँछन्। तर ग्रह अस्त भएका बेला सुरुमा आफुलाई नास्तिक भन्न रुचाउने कम्युनिष्ट प्रधानमन्त्री ओलीले सोमबार पशुपतिमा लाख बत्ति बालेर विषेश पुजाआजा गरेका छन।
शुभ कार्य गर्न नहुने ग्रह अस्तका बेला किन गरे प्रधानमन्त्री ओलीले पशुपतिमा पुजा ?

काठमाडौं, माघ १३ : बृहस्पति र शुक्र दुई ग्रह अस्त तर्फ गएकाले अहिले कुनै पनि शुभ कार्य गर्न साईत नभएका बेला प्राधानमन्त्री केपी शर्मा ओलीले सोमबार पशुपतिनाथमा विशेष पुजा गरेका छन् । 

ज्योतिषहरुका अनुसार अहिले बृहस्पति ग्रह अस्ताएको छ भने माघको अन्तिमतिर शुक्र ग्रह अस्ताउदैछ । ग्रह अस्तका बेला शुभ कामहरु लाखबत्ति बाल्ने, विवाह, विषेश पुजा, नयाँ कामहरु सुरु गर्न नहुने ज्योतिषहरु बताउँछन्। तर ग्रह अस्त भएका बेला सुरुमा आफुलाई नास्तिक भन्न रुचाउने कम्युनिष्ट प्रधानमन्त्री ओलीले सोमबार पशुपतिमा लाख बत्ति बालेर विषेश पुजाआजा गरेका छन।

Hardik ivf

पंञ्चाङ्ग निर्णायक समितिका सदस्य सचिव प्राध्यापक डा. सूर्यप्रसाद ढुंगेल ग्रहअस्तका बेला कुने शुभ कार्य तथा नयाँ काम गर्न नहुने बताउँछन्। ‘अहिले बृहस्पति अस्ताएको छ, माघको अन्यतिरबाट शुक्र अस्ताउँछ । बृहस्पति र शुक्र अस्ताएको बेला ठूलो ठूलो शिल्यान्यास गर्ने, धार्मिक कृतिहरु गर्ने, विवाह गर्ने, व्रतजन्ध गर्ने, सप्ताह लगाउने, नयाँ तिर्थमा जाने जस्ता शुभ कर्महरु गर्न हुदैन,’ ढुंगेलले काठमाडौं प्रेससँग भने, ‘दैनिक नित्य र चाडपर्व मान्नलाई त रोकिदैन तर कर्महरु यो बेलामा गर्न हुदैन ।’

ओली पशुपतिको दर्शनमा त्यति नजाने व्यक्ति हुन्। उनको पशुपति दर्शन नै नयाँ भएका बेला सुर्यअस्तमा पुजा आराधाना गर्नु शुभ नहुने ज्योतिषहरु बताउँछन्। तर नियमित नित्य पुजा भने गर्न सकिने ढुंगेल बताउँछन् । पशुपतिमा नित्य पुजा हुन्छ । नित्य आरति चल्छ । ‘त्यस हिसावले त सोमबार प्रधानमन्त्रीज्यूले पुजा गर्दा केही फरक परेन तर कुनै भाकल गरेको छ भने पुजा गर्न मिल्दैन,’ ढुंगेलले भने, ‘प्रधानमन्त्रीले कसरी कुन पुजा गर्न भयो मलाई जानकारी छैन । उहाँले सल्लाह लिएर मिल्छ भनेरै पुजा गर्नु भएको होला ।’

उनका अनुसार नियमित पुजा गर्न जाने मन्दिरमा पुजाआज गर्न सकिने तर नयाँ ठाउँमा मन्दिर जानु पनि ग्रहअस्तका बेला राम्रो मानिदैन। त्यस्तै उनका अनुसार नयाँ घर निर्माण, घर प्रवेश लगायतका नयाँ काम अहिले रोकिएको अवस्था छ । सुर्यअस्तका बेला शास्त्रले कुनै पनि नयाँ काम गर्न हुदैन भनेर निषेध गरेको उनी बताउँछन्।  ग्रहअस्तको अवस्था २०७८ को बैशाख पहिलो हप्तासम्म रहने उनी बताउँछन्।

प्रकाशित मिति: ०८:२२ बजे, मंगलबार, माघ १३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्