Kathmandu Press

एमबिबिएसको शुल्कवृद्धि फिर्ता गर्न कांग्रेसको माग    

काठमाडौं–   नेपाली कांग्रेसले चिकित्सा शिक्षा आयोगले एमबिबिएसको शुल्क बढाएको निर्णयको भत्सर्ना गर्दै वृद्धि गरिएको शुल्क अविलम्ब फिर्ता गर्न माग गरेको छ ।  ...
एमबिबिएसको शुल्कवृद्धि फिर्ता गर्न कांग्रेसको माग    
Hardik ivfHardik ivf

काठमाडौं–   नेपाली कांग्रेसले चिकित्सा शिक्षा आयोगले एमबिबिएसको शुल्क बढाएको निर्णयको भत्सर्ना गर्दै वृद्धि गरिएको शुल्क अविलम्ब फिर्ता गर्न माग गरेको छ ।     

कांग्रेसको शिक्षा केन्द्रीय विभागको आज बसेको बैठकले प्रधानमन्त्री स्वयं अध्यक्ष रहेको आयोगको निर्णय सरकारले डा. गोविन्द केसीसँग गरेको सम्झौताको मर्म विपरित रहेको ठहर गरेको छ ।     

विभागले गत वर्षसम्म एमबिबिएसको शुल्क  ४० लाख २३ हजार २५० रहेकामा आव २०७७/७८ मा आयोगले  आठ लाख वृद्धि गरेर  ४८ लाख शुल्क पु¥याएको जनाएको छ । बैठकले आयोगले मनोमानी रुपमा बढाएको शुल्क अविलम्ब फिर्ता गरी पुरानै शुल्क कायम गर्न सरकारसँग माग गरेको विभागका सचिव डा. कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

प्रकाशित मिति: २१:२४ बजे, सोमबार, माघ १२, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्