Kathmandu Press

फुटसल ‘ए’ डिभिजन लिग पोखरामा     

काठमाडौँ,  माघ १२ : फुटसल ‘ए’ डिभिजन लिग आगामी वर्ष कास्कीको पोखरामा हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले आज सूचना जारी...
फुटसल ‘ए’ डिभिजन लिग पोखरामा     
Hardik ivfHardik ivf

काठमाडौँ,  माघ १२ : फुटसल ‘ए’ डिभिजन लिग आगामी वर्ष कास्कीको पोखरामा हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले आज सूचना जारी गर्दै फुटसलको ‘ए’ डिभिजन लिग २०७८ साल वैशाख २५ देखि जेठ १५ गतेसम्म पोखरामा गर्ने जानकारी गराएको हो ।     

एन्फाको फुटसल कमिटीले आयोजना गर्ने उक्त लिगमा कूल १० टोलीको सहभागिता रहनेछ । वाग्मती प्रदेशबाट चार, प्रदेश नं १ र गण्डकी प्रदेशबाट दुई–दुई, प्रदेश नं २ र लुम्बिनी प्रदेश तथा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको संयुक्त टोलीले उक्त प्रतियोगितामा प्रतिस्पर्धा गर्ने एन्फाले जनाएको छ ।     

लिगका लागि प्रदेश नं १ को छनोट खेल आगामी चैत १ देखि ५ गतेसम्म इटहरीमा, प्रदेश नं २ को छनोट खेल चैत ८ देखि १२ गतेसम्म हेटौंडामा, वाग्मती प्रदेशको छनोट खेल चैत २५ देखि ३० गतेसम्म काठमाडौँमा, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको छनोट खेल चैत १९ देखि २३ गतेसम्म दाङमा तथा गण्डकी प्रदेशको छनोट खेल २०७८ साल वैशाख ३ देखि ७ गतेसम्म पोखरामा हुनेछ ।    

लिगमा ‘ए’, ‘बी’ र ‘सी’ डिभिजन क्लब, जिल्ला सङ्घमा आबद्ध क्लब तथा राष्ट्रिय खेलकूद परिषद् (राखेप) मा आबद्ध क्लबले सहभागिता जनाउन पाउने एन्फाले जनाएको छ । सो लिगको विजेताले रु १० लाख, उपविजेताले  ५० हजार तथा सर्वोकृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर उत्कृष्ट डिफेन्डर, उत्कृष्ट प्रशिक्षक र उदयीमान खेलाडीले जनही  २५ हजार पुरस्कार प्राप्त गर्नुहुनेछ । एन्फाले सहभागी प्रत्येक टोलीलाई रु एक लाख उपलब्ध गराउनेछ ।    

प्रकाशित मिति: १९:३२ बजे, सोमबार, माघ १२, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्