Kathmandu Press

हरिपूर्वामा आगोले चार घर जले

आगलागीबाट स्थानीय गिरीधारी यादव, शिवधारी यादव, किशोरी बैठा र मोहावी रायको घर पूर्णरुपमा जलेका छन्। अन्य केही घरमा आंशिक क्षति पुगेको प्रहरीले जनाएको छ।
हरिपूर्वामा आगोले चार घर जले
फाइल तस्बिर।

सर्लाही, वैशाख १३ : सर्लाहीको हरिपूर्वा नगरपालिका–५ धोवीनियामाा आगलागी भएको छ। आगोले जलेर आज चार घर नष्ट भएका छन्।

आगलागीबाट स्थानीय गिरीधारी यादव, शिवधारी यादव, किशोरी बैठा र मोहावी रायको घर पूर्णरुपमा जलेका छन्। अन्य केही घरमा आंशिक क्षति पुगेको प्रहरीले जनाएको छ।

Hardik ivf

स्थानीयका अनुसार शिवधारी यादवको छोरीको आज विवाह हँुदै थियो। सोही क्रममा एक्कासी आगलागी भएको हो। आगलागीबाट विवाहका लागि ल्याएको लत्ता कपडा, अन्नपात, भाँडावर्तनलगायत सामग्री जलेर नष्ट भएको छ।

स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको सहयोगमा आगो निभाइएको छ। आगलागीबाट भएको क्षतिको प्रहरीले विवरण संकलन गरिरहेको छ।

प्रकाशित मिति: २०:०० बजे, बिहीबार, वैशाख १३, २०८१
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्