Kathmandu Press

विश्वमा कोरोना संक्रमितको संख्या झण्डै १० करोड 

काठमाडौं, माघ १२ : विश्वमा कोरोना संक्रमितको संख्या ९ करोड ९७ लाख ६८ हजार २१३ पुगेको छ । सोमबार बिहान सम्मको तथ्यांक अनुसार...
विश्वमा कोरोना संक्रमितको संख्या झण्डै १० करोड 
Hardik ivfHardik ivf

काठमाडौं, माघ १२ : विश्वमा कोरोना संक्रमितको संख्या ९ करोड ९७ लाख ६८ हजार २१३ पुगेको छ । सोमबार बिहान सम्मको तथ्यांक अनुसार मृत्यु हुनेको संख्या २१ लाख ३८ हजार ९४२ पुगेको छ ।

संक्रमितमध्ये २ करोड ५८ लाख ८६ हजार २२५ मा सक्रिय संक्रमण छ भने ७ करोड १७ लाख ४३ हजार ४६ जनाले कोरोनालाई जितेका छन् । उपचाररत बिरामीमध्ये १ लाख १० हजार ३६२ जनाको स्वास्थ्य अवस्था गम्भीर छ ।

यस्तै कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा विश्वभर ९ हजारभन्दा बढी मानिसको मृत्यु भएको छ। अमेरिकामा मात्रै १६ सय ५० जनाको मृत्यु भएको छ। त्यस्तै मेक्सिकोमा १४ सय ७०, बेलायतमा ६ सय १०, ब्रजिलमा ५ सय ६२, रसियामा ४ सय ९१, कोलम्बियामा ३ सय ९२, दक्षिण अफ्रिकामा ३ सय तथा इटलीमा २ सय ९९ जनाको मृत्यु भएको हो ।

पछिल्लो २४ घण्टामा विश्वभर ४ लाख ३० हजार संक्रमित थपिएका छन् । अमेरिकामा १ लाख २० हजार, बेलायतमा ३० हजार, ब्रजिलमा २८ हजार, रसियामा २१ हजार, मेक्सिकोमा २० हजार, फ्रान्समा १८ हजार तथा भारतमा १२ हजार ९ सय संक्रमित थपिएका हुन् । 

प्रकाशित मिति: ०८:१६ बजे, सोमबार, माघ १२, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्