Kathmandu Press

सुदूरपश्चिमविरुद्ध लुम्बिनीको सादनर जित

प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेश विजयी भएको छ । शनिबार मूलपानी क्रिकेट मैदानमा भएको खेलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेशमाथि ६ विकेटको जित...
सुदूरपश्चिमविरुद्ध लुम्बिनीको सादनर जित
Hardik ivfHardik ivf

प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेश विजयी भएको छ । शनिबार मूलपानी क्रिकेट मैदानमा भएको खेलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेशमाथि ६ विकेटको जित निकालेको हो ।

पहिला ब्याटिङ गर्दै सुदूरपश्चिमले दिएको ६३ रनको रनको सामान्य लक्ष्य लुम्बिनीले १४.४ ओभरमा ४ विकेट गुमाउँदै भेट्टायो । उसका लागि सौरभ खनालले १८, प्रकाश केसीले १७ र कप्तान कृष्ण कार्कीले १५ रन बनाए । सुदूरपश्चिमका शेर मल्लले २ तथा विनोद लामाले १ विकेट लिए ।

यसअघि लुम्बिनीका बलरले कसिलो बलिङ गरेपछि सुदूरपश्चिम २७।४ ओभरमा अलआउट हुँदै ६२ रन मात्र बनाउन सक्यो । उसका नारायण जोशीले १७ र कप्तान सन्तोष भट्टले ११ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा स्कोर बनाउन सकेनन् । 

सुदूरपश्चिमको इनिङ धरासायी बनाउने क्रममा लुम्बिनीका कप्तान कृष्ण कार्कीले सर्वाधिक ४ विकेट लिए भने अनिल खरेल र विक्रम भुसालले समान २ विकेट लिए। कृष्णले १० ओभरमा ३ मेडनसहित १७ रन खर्चिए । यस्तै, किफायति बलिङ गरेका अनिलले ७ ओभरमा ३ मेडनसहित ६ रन मात्र खर्चिए ।

प्रकाशित मिति: १४:३६ बजे, शनिबार, माघ १०, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्