Kathmandu Press

पहिलो चरणमा प्रदेश २, गण्डकी, लुम्बिनी र सुदूरपश्चिममा निर्वाचन हुन्छ : प्रधानमन्त्री

उनले वैशाख १७ मा प्रदेश २, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा निर्वाचन हुने बताएका छन् ।
पहिलो चरणमा प्रदेश २, गण्डकी, लुम्बिनी र सुदूरपश्चिममा निर्वाचन हुन्छ : प्रधानमन्त्री
Hardik ivf

काठमाडौं–  प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो चरणमा चार प्रदेशमा प्रतिनिधिसभाको निर्वाचन हुने बताएका छन् । सशस्त्र प्रहरी बलको २०औँ स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उनले वैशाख १७ मा प्रदेश २, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा निर्वाचन हुने बताएका हुन् ।

ओलीले दोस्रो चरणमा प्रदेश  १ सहित वाग्मती र कर्णाली प्रदेशमा निर्वाचन हुने जानकारी दिए ।  आगामी निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहित वातावरणमा सम्पन्न हुने उनको दाबी छ । 

उनले भने, ‘निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहित हुन्छ । मुलुक निर्वाचनको तयारीमा लागेको छ । सुरक्षा निकायले अहं भूमिका निर्वाह गर्ने बेला आएको छ ।’     
 

प्रकाशित मिति: १८:०७ बजे, शुक्रबार, माघ ९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्