Kathmandu Press

बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

काठमाडौं– बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध प्रदेशसभामा शुक्रबार अविश्वास प्रस्ताव दर्ता गरिएको छ । नेपाल कम्युनिस्ट पार्टी  (नेकपा) दाहाल–नेपाल समूहले पौडेलविरुद्ध अविश्वास प्रस्ताव...
बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता
Hardik ivf

काठमाडौं– बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध प्रदेशसभामा शुक्रबार अविश्वास प्रस्ताव दर्ता गरिएको छ । नेपाल कम्युनिस्ट पार्टी  (नेकपा) दाहाल–नेपाल समूहले पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेको हो ।

सांसद अरुण नेपालले अविश्वास प्रस्ताव प्रदेशसभा बैठकमा प्रस्तुत गरेका हुन् । अविश्वास प्रस्तावमाथि १९ माघदेखि छलफल सुरु हुने सभामुख सानुकमार श्रेष्ठले सदनलाई जानकारी दिएका छन् ।

गत पुस १० गते प्रदेश सरकारका तीन मन्त्रीसहित सत्तापक्षका ४५ प्रदेशसभा सदस्यले मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । अविश्वासका प्रस्तावमा मुख्यमन्त्री पौडेललाई पदमुक्त गरी मुख्यमन्त्रीमा प्रदेशसभा सदस्य अष्टलक्ष्मी शाक्यलाई अगाडि सारिएको छ ।     
     
बैठकमा सभामुख सानुकुमार श्रेष्ठले मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव पेस गर्न प्रस्तावको पहिलो हस्ताक्षरकर्ता  नेपाललाई समय दिएका थिए ।

अविश्वास प्रस्ताव प्रस्तुत गर्दै नेपालले कोभिड नियन्त्रणमा प्रदेश सरकारले कुनै पनि भूमिका खेल्न नसकेको, अपराध न्यूनीकरण, महँगी नियन्त्रणलगायत काममा ध्यान नपु¥याएको, समाजवादोन्मुख काम गर्न नसकेको, गरीबी नियन्त्रणमा काम गर्न नसकेको आरोप लगाए ।     
 

प्रकाशित मिति: १४:१५ बजे, शुक्रबार, माघ ९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्