Kathmandu Press

मुलुकमा राजनीतिक अस्थिरता निम्त्याइयाे : वरिष्ठ नेता पौडेल    

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद् विघटनसँगै देशलाई राजनीतिक अस्थिरतामा लगिएको बताएका छन् ।
मुलुकमा राजनीतिक अस्थिरता निम्त्याइयाे : वरिष्ठ नेता पौडेल    
Hardik ivfHardik ivf

काठमाडौं–  नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद् विघटनसँगै देशलाई राजनीतिक अस्थिरतामा लगिएको बताएका छन् । कांग्रेस काठमाडौं महानगरपालिका–१६ एकाइद्वारा आज आयोजना गरेको विरोधसभामा उनले झन्डै दुई तिहाइ बहुमत पाएको सरकारले पार्टीभित्रको विवादका कारण प्रतिनिधिसभा विघटन गरेर देशलाई राजनीतिक अस्थिरतामा लगेको आरोप लगाए ।

‘निर्वाचनमा गएर कांग्रेसलाई फाइदा भए पनि संसद् विघटनसँगै देशलाई ठूलो घाटा भएको छ,’ उनले भने । संविधानले बहुमतको सरकारले प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्न अधिकार नदिएको उनको जिकिर थियो ।     
     
कांग्रेस काठमाडौंका सभापति सबुज बानियाँले संविधानले दिएको अधिकारभन्दा बाहिर गएर सरकारले संसद् विघटन गरेको आरोप लगाए । काठमाडौँ–१६ का अध्यक्ष मुकुन्द रिजालले लोकतन्त्र रक्षाका लागि कांग्रेस एकजुट भएर अगाडि बढ्नुपर्ने बताए ।   
 

प्रकाशित मिति: १८:२८ बजे, बिहीबार, माघ ८, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्