जबर्जस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ 

कञ्चनपुर– १७ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा बेलौरी नगरपालिका–४ बजार बस्ने भारतीय नागरिक कुन्दन गुप्तालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

गुप्ताले ती किशोरीलाई  पटक पटक जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ । 
 

 Published Date: Wednesday, 20th January 2021 12:53:00 pm