Kathmandu Press

इलाम २ उपनिर्वाचन : १४९ मतदान केन्द्रमा खटिने अधिकृत र सहायक अधिकृत ३०७ जना

बिहान ५ बजेदेखि साँझ ६ बजेसम्म सवारी साधन चल्न रोक लगाइएको हो। अत्यावश्यक सवारी साधनका लागि विशेष पासको व्यवस्था गरिएको छ।
इलाम २ उपनिर्वाचन : १४९ मतदान केन्द्रमा खटिने अधिकृत र सहायक अधिकृत ३०७ जना

इलाम, वैशाख १३ : इलाम २ मा वैशाख १५ मा हुने उपनिर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालयले तयारीलाई तिब्रता दिएको छ। विहीबार बसेको सर्वदलीय बैठकमा १५ गतेका दिन सार्वजनिक यातायातका साधन बन्द गरिएको जानकारी दिइएको हो। बिहान ५ बजेदेखि साँझ ६ बजेसम्म सवारी साधन चल्न रोक लगाइएको हो। अत्यावश्यक सवारी साधनका लागि विशेष पासको व्यवस्था गरिएको छ।

संचारकर्मीहरुका हकमा आफू कार्यरत संचारमाध्यमको सिफारिस, संचारमाध्यमको परिचय पत्र, सवारी साधनको ब्लुबुक र लाइसेन्सको फोटोकपी पेस गरे पास उपलब्ध गराइने निर्वाचन कार्यालयले जानकारी दिएको छ। मतदानको गोपनीयता भंग नहुनेगरी फोटो, भिडियो लिन सकिने व्यवस्था गरिएको छ। एक सय ४९ मतदान केन्द्रमा खटिने अधिकृत र सहायक अधिकृत गरी तीन सय सात जनालाई सक्रिय गराएको सर्वदलीय बैठकमा जानकारी गराइयो। 

Hardik ivf

कर्मचारीलाई मतदान केन्द्रमा पुगेपछि कसरी मतदानस्थल निर्माण गर्ने, ज्येष्ठ नागरिक, अशक्त, अपाङ्गता भएका व्यक्तिको मतदान कसरी व्यवस्थापन गर्ने, मतपेटिका निर्माण, मतपेटिका देखिनेगरी कसरी राख्ने, मतदान सम्पन्न भएपछि तयार पारिने मुचुल्का, मतपोटिका बन्दलगायत विषयमा कर्मचारीहरुलाई तालिम दिइसकेको पनि जानकारी दिइयो।

इलाम २ मा ७९ मतदानस्थलमा एक सय ४९ मतदान केन्द्र छन्। यो क्षेत्रमा इलाम नगरपालिका, माई नगरपालिका, देउमाई नगरपालिका, फाकफोकथुम गाउँपालिका, माङ्सेबुङ गाउँपालिका र चुलाचुली गाउँपालिका गरी छ स्थानीय तहका ४२ वटा वडा छन्। यो क्षेत्रमा ५६ हजार आठ सय ६९ महिला, ५९ हजार १८ पुरुष र अन्य दुई गरी एक लाख १५ हजार आठ सय ८९ मतदाता छन्।
 

प्रकाशित मिति: १६:१० बजे, बिहीबार, वैशाख १३, २०८१
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्