लागुऔषध मुद्धाका फरार प्रतिबादी १३ वर्षपछि पक्राउ

झापा माघ ५ : लागुऔषध गाजाँ मुद्धाका फरार प्रतिबादीलाई प्रहरीले १३ वर्षपछि पक्राउ गरेको छ। झापाको गौरीगञ्ज गाउँपालिका ६ का ३९ वर्षीय जयनारायण राजबंशीलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो। 

जिल्ला अदालत भद्रपुरले उनलाई २०६४ मंसिर ३ गते एक वर्ष कैदसहित पाँच हजार रुपैयाँ जरिवाना तोकेको थियो। उनी उक्त समयदेखि फरार रहेका थिए। 

इलाका प्रहरी कार्यालय गौरीगंजबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो। 
 

 Published Date: Monday, 18th January 2021 12:49:00 pm