Kathmandu Press

६ दिनपछि खानीमा फसेका श्रमिक जीवितै रहेको संकेत

पूर्वी चीनको भूमिगत खानीमा जनवरी १० मा फसेका २२ श्रमिक खानीभित्र जीवित नै रहेकोे लक्षण भेटिएको छ ।  
६ दिनपछि खानीमा फसेका श्रमिक जीवितै रहेको संकेत
Hardik ivfHardik ivf

बेइजिङ– पूर्वी चीनको भूमिगत खानीमा जनवरी १० मा फसेका २२ श्रमिक खानीभित्र जीवित नै रहेकोे लक्षण भेटिएको बताइएको छ ।     
     
खानी भत्किएर पुरिएका उनीहरू एक हप्ता पछि खानीमा जीवित रहेको लक्षणहरू फेला परेको आइतबार उद्धारकर्ताहरूले बताएका हुन् । उनीहरूको उद्धारका लागि थप प्रयास शुरु भएको चिनियाँ अधिकारीले बताएका छन् ।     
     
खानीमा विस्फोट हुँदा बाहिर निस्किने भर्‍याङ भत्किएका कारण उनीहरू खानीभित्र फसेका हुन् । खानीभित्र रहेका ती मजदुरसँग सम्पर्क भने गर्न सकिएको छैन । जमिनभित्रबाट कसैले ढकढकाएको आवाज आएको उद्धारकर्मीहरूले बताएका तर यो आवाज श्रमिकको नै हो भन्ने पुष्टि भने नभएको बताइएको छ ।     
     
चीनको पूर्वी प्रान्त शान्दोङको किसिया सहर नजिकै रहेको सुन खानीमा रहेका उनीहरूलाई जीवितै उद्धार गर्ने आशा क्षीण बनेको समय उनीहरूमध्ये कोही जीवितै रहेको लक्षण भेटिएको खबरले श्रमिकका परिवार र आफन्तमा उनीहरू जीवित हुने आशा पलाएको छ ।     
     
आइतवार दिउँसो उद्धारकर्मीहरूले खानीमा ‘ड्रिल’ गर्ने क्रममा ‘ढकढक्याइरहेका आवाजहरू’ सुनिएको बताइएको छ ।  स्थानीय अधिकारीहरूले खानीमा खाद्यान्न र टेलिफोन लाइनहरू पठाउने योजना बनाएका छन् । शान्दोङ इन्भेस्टमेन्ट कम्पनी लिमिटेडको स्वामित्वमा रहेको खानीमा दुर्घटना हुँदा श्रमिकले खानीलाई सुरक्षित पार्ने काम गरिरहेको बताइएको छ । विष्फोटनको विषयलाई लिएर खानीसँग जोडिएका दुई अधिकारीलाई बर्खास्त गरिएको छ ।     

प्रकाशित मिति: १२:०७ बजे, सोमबार, माघ ५, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्