Kathmandu Press

२४ घण्टामा थपिए ५ लाख संक्रमित थपिए

काठमाडौ, माघ ५ : विश्वमा कोरोना संक्रमितको संख्या ९ करोड ५४ लाख ६४ हजार ८०४ पुगेको छ । बितेको २४ घण्टाको अविधमा ५...
२४ घण्टामा थपिए ५ लाख संक्रमित थपिए
Hardik ivfHardik ivf

काठमाडौ, माघ ५ : विश्वमा कोरोना संक्रमितको संख्या ९ करोड ५४ लाख ६४ हजार ८०४ पुगेको छ । बितेको २४ घण्टाको अविधमा ५ लाख बढी संक्रमित थपिएका छन् ।

सोमबार बिहानको तथ्याङ्क अनुसार गत २४ घण्टामा ५ लाख ३१ हजार १६७ जना कोरोनाका संक्रमितहरु थपिएका हुन। यस्तै, गत २४ घण्टामा ९ हजार बढीले ज्यान गुमाएका छन । त्यस्तै कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ६ करोड ८१ लाख ५५ हजार ४७९ पुगेको छ ।

कोरोनाको संक्रमण सबैभन्दा धेरै अमेरिकामा छ । गत २४ घण्टामा अमेरिकामा १ लाख ६८ हजार ८ सय ५३ जना कोरोनाका नयाँ संक्रमित थपिएका हुन्। गत २४ घण्टामा धेरै कोरोना संक्रमित थपिनेमा अमेरिकापछि यूके रहेको छ। यूकेमा ३८ हजार ५ सय ९८ जना कोरोनाका संक्रमित थपिएका छन्।

संक्रमितको संख्याका आधारमा अमेरिकापछि भारत रहेको छ। भारतमा हालसम्म १ करोड ५ लाख ७२ हजार ६ सय ७२ जना संक्रमित पुगेका छन्। १ लाख ५२ हजार ४ सय ५६ जनाले ज्यान गुमाएको भारतमा २ लाख ९ हजार ५ सय १९ मात्र सक्रिय संक्रमित रहेका छन्।

गत २४ घण्टामा १३ हजार बढी नयाँ संक्रमित थपिए भने १४ हजार ५ सयभन्दा धेरै निको भएका छन्।

प्रकाशित मिति: ०८:१३ बजे, सोमबार, माघ ५, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्