
सिरहा– बरियारपट्टी गाउँपालिका–१ कचनारीबाट स्रोत नखुलेको ९ लाख ३९ हजार ९ सय १५ रुपैयाँसहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा बरियारपट्टी गाउँपालिका–२ खोक्सी बस्ने ४० वर्षीय सगिर मियाँ र २४ वर्षीय मेहदि मंसुर रहेका छन् । भारतबाट नेपालतर्फ आउँदै गरेको स८प ९६१४ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी कचनारीबाट खटिएको प्रहरीले जाँच गर्दा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त रकमसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।