Kathmandu Press

देवघाटमा तीर्थयात्रीलाई  र्‍याफ्टिङ निःशुल्क 

देवघाट धामको वेणी स‌गममा माघे सङ्क्रान्ति स्नान गर्न आउने तीर्थयात्रीका लागि निःशुल्क जलयात्राको व्यवस्था गरिएको छ ।
देवघाटमा तीर्थयात्रीलाई  र्‍याफ्टिङ निःशुल्क 
Hardik ivfHardik ivf

नवलपुर– देवघाट धामको वेणी स‌गममा माघे सङ्क्रान्ति स्नान गर्न आउने तीर्थयात्रीका लागि निःशुल्क जलयात्राको व्यवस्था गरिएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिका हुँदै वेणी संगममा स्नानका लागि आउने तीर्थयात्रीका लागि निःशुल्क र्‍याफ्टिङ बोटको व्यवस्था गरिएको हो ।     

वडा नं ३ ले वेणीमा स्नान गर्न जाने तीर्थयात्रीलाई निःशुल्क कालीगण्डकी नदी तर्ने व्यवस्था गरेको वडाध्यक्ष शिवकान्त तिवारीले बताए  ।

‘माघे सङ्क्रान्तिमा गैँडाकोटको शिलान्यास चोक हुँदै वडा नम्बर ३ को केलादीघाटदेखि वेणीमा स्नानका लागि जाने तीर्थयात्रीका लागि यस वर्ष निःशुल्क नदी तर्ने व्यवस्था गरेका छौँ,’ तिवारीले भने, ‘चितवनतर्फबाट वेणीमा जाँदा बाटोमा भीडभाड तथा जाम हुने समस्या भएकाले नवलपरासी र पश्चिमबाट आउने तीर्थयात्रीलाई हामीले नवलपरासीबाटै वेणी जाने व्यवस्था गरेका हौँ ।’     

देवघाटधाम नवलपरासी, चितवन र तनहुँको सिमानामा पर्ने भए पनि चितवन र तनहुँको तुलनामा नवलपरासीतर्फको क्षेत्र ओझेलमा परेकाले यसको प्रचारप्रसारका लागिसमेत नयाँ योजना अगाडि बढाइएको तिवारीले बताए । 

अघिल्ला वर्षहरुमा देवघाट धाममा माघेसङ्क्रान्ति स्नानका लागि एक लाखभन्दा बढी तीर्थयात्री आउने गरेको क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धीरणबाबु घिमिरेले बताए । देवघाटमा स्नानका लागि नवलपरासी, चितवन, तनहुँसहित देशका विभिन्न जिल्ला तथा भारतबाट समेत तीर्थयात्री आउने गरेका घिमिरेको भनाइ छ ।     
 

प्रकाशित मिति: १८:०३ बजे, बुधबार, पुस २९, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्