Kathmandu Press

केपी ओली जोक्कर हुन्, उनको ‘नौटंकी’ का पछाडि कोही लाग्नेवाला छैन : प्रचण्ड

काठमाडौं, पुस २९ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रचण्ड नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहल प्रचण्डले प्रधानमन्त्री केपी शर्माओलीलाई जोक्करको संज्ञा दिएका छन्। बुधबार आयोजित...
केपी ओली जोक्कर हुन्, उनको ‘नौटंकी’ का पछाडि कोही लाग्नेवाला छैन : प्रचण्ड

काठमाडौं, पुस २९ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रचण्ड नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जोक्करको संज्ञा दिएका छन्। 

बुधबार प्रज्ञाभवनमा आयोजित नेकपा काठमाडौं जिल्ला कमिटीद्वारा आयोजित प्रचण्ड -नेपाल समूहको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले ओलीलाई जोक्कर भनेका हुन्। 

Hardik ivf

‘हामी यहाँ कुनै प्रहसन देखाउन जुटेका छैनौँ, हामी यहाँ उखानटुक्का गरेर हँसाउनका लागि कमेडी शो गर्न पनि उपस्थित भएका छैनौँ, हामी मानिसहरुलाई दिग्भ्रमित पार्ने, उद्देलिन पार्ने, उत्तेजित पार्ने पार्नै कुराका निम्ति पनि यहाँ जुटेका होइनौँ’, अध्यक्ष प्रचण्डले भने, ‘हामी आज राष्ट्र र जनतामा देखापरेको संकटलाई समधान गर्ने उपयबारे छलफल गर्न र यो संकटबाट बाहिर निस्कन उपयबारे छलफल गर्ने उपस्थित भएका छौँ।’

उनले आफू देश र जनतासामु आइपरेको संकट समाधानका लागि जुठेका बताएका छन्। उनले भने, ‘हाम्रै आँखा अगाडि संविधान, लोकतन्त्र र गणतन्त्रमाथि प्रहार भएको छ। हाम्रै पार्टीले निर्वाचित गरेको प्रधानमन्त्री र अध्यक्षबाट संविधानमाथि प्रहार भएको छ।’

साथै उनले हतारमा पार्टी एकता गरेको कारण फुट आएको हो कि भन्ने शंका नगर्न आग्रह गरेका छन्।

उनले पार्टी एकताको समयमा पर्याप्त संवेदनशीलता देखाएको दाबी गरे । तर अहिले कतिपय नेताहरु पोलिटिकल जोक्कर जसरी प्रस्तुत हुन थालेको भन्दै उनले भने, ‘विछिप्त मानसिकताको उपज हो कि भनेर किन प्रश्न नगर्ने ?’

प्रकाशित मिति: १५:१५ बजे, बुधबार, पुस २९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्