Kathmandu Press

पोर्चुगलमा एक नेपाली युवकले गरे आत्महत्या

लिस्वन, पुस २४ : पोर्चुगलमा एक जना नेपाली युवकले आत्महत्या गरेका छन्। लिस्बनमा आफू बसेको छात्रावासबाट हाम फालेर बझाङका सुरत कुँवरले आत्महत्या गरेका हुन्।...
पोर्चुगलमा एक नेपाली युवकले गरे आत्महत्या
सांकेतिक तस्वीर।

लिस्वन, पुस २४ : पोर्चुगलमा एक जना नेपाली युवकले आत्महत्या गरेका छन्। 

लिस्बनमा आफू बसेको छात्रावासबाट हाम फालेर बझाङका सुरत कुँवरले आत्महत्या गरेका हुन्। पोर्चुगललाई कर्मथलो बनाउँदै आएका उनी शुक्रबार नेपाल जाने तयारीमा थिए।

Hardik ivf

फेसबुकमा ‘मिल्ने भए दुःख हटाई खुशी किन्थेँ आमा, आफ्नो को हुन् पराइ को हुन् सबै चिन्थेँ आमा’ स्टाटस सेयर गरेर आफू बस्दै आएको होस्टेलको चार तलाबाट हाम फालेर आत्महत्या गरेका हुन्। 

एउटै छात्रावासको कोठामा बसेका साथी र परिवारका सदस्यलाई आत्महत्या गर्ने आफ्नो बोली अन्तिम भनेर भनेपछि कुँवरले साथी भान्सामा गएको मौका छोपी हामफालेको पोर्चुगाली प्रहरीले बताएको छ। रासस

प्रकाशित मिति: १७:१२ बजे, शुक्रबार, पुस २४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्