Kathmandu Press

वर्ष २०२० का उत्कृष्ट फिक्सन र ननफिक्सन विधाका उत्कृष्ट पुस्तक 

काठमाडौं, पुस २० : हरेक वर्षझैँ सन् २०२० का लागि पनि टाइम्स बुक रिभ्युका सम्पादकले चुनेका फिक्सन र ननफिक्सन विधाका उत्कृष्ट पुस्तकहरूको सुची...
वर्ष २०२० का उत्कृष्ट फिक्सन र ननफिक्सन विधाका उत्कृष्ट पुस्तक 
Hardik ivfHardik ivf

काठमाडौं, पुस २० : हरेक वर्षझैँ सन् २०२० का लागि पनि टाइम्स बुक रिभ्युका सम्पादकले चुनेका फिक्सन र ननफिक्सन विधाका उत्कृष्ट पुस्तकहरूको सुची सार्वजनिक भएको छ।  

पाठकहरूले एकदमै रुचाएका र समिक्षकहरूले उत्कृष्ट ठहर गरे मध्येका फिक्सन र ननफिक्सन विधाका १० उत्कृष्ट पुस्तकहरुको विवरण यस्ता छन्। 

फिक्सन

अ चिल्ड्रेन्स बाइबल (लिडीया मिलेट)

मिलेटको उपन्यास पारिवारिक विखण्डन रजलवायु परिवर्तनसँग सम्बन्धित छ। कथाअमेरिकाको उत्तर पूर्वको एक घरमा गर्मी मौसमको छुट्टी मनाउन आएका मानिसहरुको जमघट पछी शुरू हुन्छ। युवाहरु आफ्ना आमाबुवा र उनीहरूसँगै आएका अन्य साथीहरुको पर्वाह नगरि लागुऔषध एवं दुर्व्यसनमा लिप्त हुन्छन्। 

त्यसपछी मनोरंजक कथाले झनै अध्यारो रूप लिनथाल्छ।उपन्यासमा मादक पदार्थको लत र समाजमा यसको प्रभाव सम्बन्धि चर्चा गरिएको छ। बाइबलले कल्पना गरेका विषयमा उपन्यास केन्द्रित छ । निराशाजनक घटनाक्रमलाई उतारिएको उपन्यासबाट लेखकले आशा संचार समेत गराएका छन्।  यस उपन्यासलाई एक रोचक किंवदन्ति स्वरुपमा ढालिएको छ । 


डिएकन कीङकोङ (जेम्स मेकब्राइड)

एउटा रहस्यमय अपराधसँग जोडिएको यस उपन्यासले सन् १९६० दशकको उत्तरार्धमा ब्रुकलिनको सामाजिक रूपरेखालाई चित्रण गर्दछ । यस उपन्यासमा मुख्य पात्र डीकन कोफी लेम्बकिन उर्फ स्पोटकोट छन्। लेखकले उपन्यास मार्फत लागू औषध कारोबारको जन्जाललाइ उजागर गरेका छन्। ड्रग्स माफिया, तस्कर र तस्करीका लागि प्रयोग गर्ने केटाकेटीका विषयमा उपन्यास केन्द्रित छ।

लेखकका अन्य पुस्तकहरू पनि बजारमा उपलब्ध छन् । उनको द गुड लर्ड बर्डुउपन्यासले सन् २०१३ मा नेशनल बुक अवार्ड जितेको थियो। उनको  आत्मवृत्तान्त द कलर अफ वाटर पनि पाठकहरु बीचनिकै लोकप्रिय रह्यो।

ह्याम्नेट (मेगी ‌ओ फरेल)

यो उपन्यास कल्पना र सहानुभुतिमा ओतप्रोत छ। यसले एक ऐतिहासिक रहस्यको उजागर गरेको छ। अंग्रेजी साहित्यका महान लेखक शेक्सपियरले सन् १५९६ मा आफ्नो ११ वर्षिय छोरा, ह्याम्नेटलाइ गुमाएका थिए।  त्यस मृत्युको घटनाबाट ह्याम्लेट नाटक लेखिएको दाबी उपन्यासमा गरिएको छ। शेक्सपियर र उनको पत्नीको जीवन सम्बन्धि उल्लेखनीय घटनालाई समावेश गर्दै, प्लेगबाट आफ्ना छोरालाई गुमाएको दुखद क्षणबारे अनेकौँ तथ्यहरु उजागर गरेका छन् ।

शेक्सपियरका झगडालु पिता जोनको पन्जा पसल,स्याउको सुगंधित गमगाएको भण्डारण गृह, इत्यादिको वर्णन ४ शताब्दि पुर्व शेक्सपियर को जीवनलाई झल्काउँछ । आयरिस उपन्यासकार ओ फरेलकोयस पुस्तकमा शेक्सपियरको ठाउँ रत्यसबखतका अन्य घटनालाई उतार्ने प्रयास गरिएको छ।

होमलेण्ड इलेगिज (अयाद अख्तर)

यो पुस्तक निबन्धहरुको सङ्गालो हो। निबन्धहरु मार्फत, वाल्ट ह्वाइटम्यानबाट शुरू गरी अमेरिकी उदासीनता र तिनको सपनालाई कल्पनात्मक ढाँचामा यहाँ प्रस्तुत गरिएकाछन्। अमेरिकाको राजधानीमा भएको ९ र ११ घटनाका विछोड र बर्बादीका पलहरुलाई पनि यसमा समेटिएका छन्।

विषय लेखकका पिता, पाकिस्तानी आप्रवासी, एक डाक्टर र डोनाल्ड ट्रम्पसँग केन्द्रित देखिन्छ । मुख्यरुपमा यस पुस्तक मार्फत लेखकले अमेरिकी हुनुको साँचो अर्थ के होला भन्ने उत्तर खोजिरहेका छन् ? 

द भ्यानिसिङ हाल्फ (ब्रीट बेनेट)

ब्रीट बेनेटकोुद मदर्सुनिकै चर्चित उपन्यास हो। द भ्यानिसिङ् हाल्फ उनको दोस्रो कृति हो। यसमा आत्म परिभाषा र सम्भाव्यता सम्बन्धि कथावस्तु समेटिएका छन्। यस उपन्यासको कथाहरु विभिन्न खण्डमा बाँडिएका छन्।यसको कथा स्टेला र देसरी नामका दुई जुड्वा दिदि बहिनीको जीवन र भाग्यसँग सम्बन्धित छ।

अमेरिकामा जिम क्रो कानून लागु भएको बखत,यी दुवै लुइसियाना शहरका निवासी हुन्। दुई बहिनी मध्य एकले अश्वैत र अर्काले श्वेत महिलाको रुपमा रहने गरि विवाह बन्धनमा बाँधिने निधो गर्छन् । उपन्यासमा समावेश पात्रहरुमार्फत समाजले बनाइदिएको जबरजस्त परिचयका कारण समलिङ्गीहरुमा कस्तो असर परेको छ भन्ने व्याख्या गरिएको छ। 


ननफिक्सन

हिडन भ्याली रोड (रोबर्ट कोल्कर)

उपन्यास सिजोफ्रेनिया नामक मानसिक विकारका रोगीहरुको व्यथा र उपचारसँग सम्बन्धित छ। सन् १९७० मा एक गैल्विन परिवारलाई मनोविकारले आक्रान्त बनाएको कथा हो यो। डन र मीमी नाम गरेका दुई दम्पतिका १० छोरामध्य ६ लाई सिजोफ्रेनिया भएको हुन्छ।

लेखक कोल्कर भन्छन्, सिजोफ्रेनिया वास्तवमा एक अनुभूति होजसमा लाग्दछ  पारिवारिक मेरुदण्डको स्थायी बनोटनै खुम्चिएको छ। कोल्करको यस कथात्मक लेखमा, मानसिक रोगबाट मिल्ने पिडा र यसको प्रभावबारे सहानुभूति ढङ्गमा प्रकाश पारएको छ । यस रोगको वैज्ञानिक आधार र उपचारको प्रगति बारे तथ्याङ् पनि उपन्यासमा पाइन्छ। 

अ प्रमिस्ड लेन्ड (बाराक ओबामा)

यस पुस्तकमाअमेरिकी इतिहासलाई आकार दिने ओबामाको राष्ट्रपतिय संस्मरण छ । पुस्तक ह्वाइटहाउसमा उनको विशेष कार्यकाल कस्तो थियो भन्नेबारे केन्द्रित छ। अमेरिकाको सुरक्षा सम्बन्धि ‌ओबामाले लिएका राष्ट्रिय अडान र निर्णायक भुमिकाहरुको एक एक कुरालाई विस्तृतमा बताइएको छ ।

देशको स्वास्थ्य र आर्थिक संकटटार्ने अनेकौँ विचारहरु पनि उनले पस्केका छन्। यो पुस्तक उनको विचारवान व्यक्तित्वलाई तौलिन मद्दतगार देखिन्छ। संक्षेपमा, यो किताब ओबामाको अमेरिकी नेतृत्वलाई बुझाउने सरल र सुरुचिपूर्ण माध्यम हो।

शेक्सपियर इन अ डिभाइडेड अमेरिका (जेम्स शापिरो)

जेम्स शापिरोले शेक्सपियर शीर्षकमा धेरै पुस्तकहरु लेखेका छन्। ति मध्य (कन्टेस्टेड विल) हु रट शेक्सपियर र १५९९ अ इयर इन द लाइफ अफ विलियम शेक्सपियरु बहुचर्चित छन्। यस पुस्तकमा उनले अमेरिकी इतिहासका सामाजिक एवं राजनीतिक संघर्षकाअनेकौँ क्षणबारे प्रश्नहरु उठाएका छन्।

ती सबै प्रश्नहरु शेक्सपियरका नाटक र सम्बन्धि बयानहरूसँग जोडिएका छन्। सन् २०१७ मा सेंट्रल पार्कमा जूलीयस सीजर नाटक मञ्चनलाई गरिएको विरोध बारे पनि लेखेकले कारण खुलाएका छन्। अमेरिकामा शेक्सपियरसँग जोडीएको घतलाग्दा घटनाहरुबारे तथ्यपरक जानकारी यस पुक्तकमा मिल्छ। यस पुस्तकको मुल विषयवस्तु भने, शेक्सपियरका नाटक नभएर संयुक्त अमेरिका हो।

अनक्यानी भ्याली (अन्ना वीनर)

वीनरको यस संस्मरण जागिरप्रतिको मोहभंगले उनलाई डेटा एनालिटिक्सको क्षेत्रमा डोर्या एरलगेकोकथा बारे छ। न्युयोर्कको साहित्य संस्थामा कम पारिश्रमिको कामप्रति अनिच्छुक भइ उनले खाडी क्षेत्र,सिलिकन भ्यालीतिर संघर्षको यात्रा थालेकि थिइन्।

त्यस बखत उनले सुचना प्रविधिको क्षेत्रमा देखेका र जानेका जीवनको अनुभव यहाँ समटेका छन्। प्रविधि उद्योग र यसको सामाजिक असरबारे पनि वीनरले चिंतन गरेका छन्।  सुचना प्रविधि उद्योगको सार्वजनिक सिद्धान्त र आंतरिक बेमिलाप बारे उनले खुलस्त पारेका छन्।

वार (मार्गरेट म्याकमिलन )

यस पुस्तकमा युद्ध, लडाई, झगडा र हत्याले समाज अनि सभ्यतालाई आक्रमण गर्छ भन्ने कुरालाई बुझाउने प्रयास गरिएको छ। युद्ध र हिंसा मानिस हुनुको अर्थसँग जोडीएको यथार्थलाई स्विकार्न हामी अवहेलना गर्छौँ भन्ने म्याकमिलनको तर्क छ। यस लघु पुस्तकमा धेरै गहन विषयवस्तुलाई केलाइएको छ।

युद्धले निम्त्याको सफलता र विफलताको उदाहरण सहितको अनेकौँ विश्लेषण यस पुस्तकमा पाउन सकिन्छ। इतिहासकार म्याकमिलनले यस पुस्तकलाई रोचक बनाउन गंभीर तर्क र मनोरंजनको समिश्रणमा गरेका छन्। 

न्यूयोर्क टाइम्स डटकमबाट
 

प्रकाशित मिति: ०७:२९ बजे, सोमबार, पुस २०, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्