Kathmandu Press

‘हाउ डेमोक्रेसिज डाई’ दाेहाेर्‍याएर पढ्दै छु’

मलाई अहिलेसम्म सबैभन्दा बढी मनपरेको पुस्तक हो, श्रीमद्भागवत गीता । १५ वर्षअगाडि म यही भन्थेँ, अबको १५ वर्षपछाडि पनि मेरो जवाफ यही हुन्छ। 
‘हाउ डेमोक्रेसिज डाई’ दाेहाेर्‍याएर पढ्दै छु’
Hardik ivfHardik ivf

‘कुनै पुस्तक आफूले पढेपछि सजाएर राख्ने होइन, अरुलाई बाँड्नुपर्छ । पुस्तक बाँड्नु भनेको ज्ञान बाँड्नु हो । आफूले पढेको किताब म अरुलाई दिन्छु । त्यसैले मसँग घरमा त्यस्तै दुई–तीन सय मात्रै पुस्तक छन्,’ तपाईंसँग कति पुस्तक छन् भन्ने प्रश्नमा विश्वप्रकाश शर्माको जवाफ हो यो। 

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पार्टी प्रवक्ता शर्मा पुस्तक पढ्न र पुस्तक बाँड्न रुचि राख्छन् । अहिलेसम्म उनले कति पुस्तक बाँडे होलान्? 

उनी भन्छन्, ‘हालसम्म धेरै पुस्तक साथीहरुलाई उपहार दिइसकेको छु । श्रीमद्भागवत गीता ५० जनाभन्दा बढीलाई उपहार दिएँ हुँला।’

काठमाडौंप्रेसको ‘पुस्तक–वार्ता’का लागि शुक्रबार साँझ फोन गर्दा शर्मा छलफलमा व्यस्त थिए । तर, ‘पुस्तक–वार्ता’ भन्नेबित्तिकै उनले समय निकाले । भने, ‘पुस्तक त मेरो नसा–नसामा छ, प्रेम छ पुस्तकसँग मेरो।’

कुराकानीका क्रममा उनले धेरैपटक ‘श्रीमद्भागवत गीता’को नाम लिए । त्यसो त उनलाई हालसम्म सबैभन्दा बढी मनपरेको पुस्तक नै श्रीमद्भागवत गीता हो । उनी पछिल्लो पुस्तालाई यो पुस्तक पढ्न सिफारिस गर्छन् । तपाईंलाई अहिलेसम्म सबैभन्दा बढी मनपरेको पुस्तक कुन हो भन्ने प्रश्नमा उनले भने, ‘श्रीमद्भागवत गीता । १५ वर्षअगाडि म यही भन्थेँ, अबको १५ वर्षपछाडि पनि मेरो जवाफ यही हुन्छ।’

अहिले म अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाको ‘अ प्रमिस्ड ल्यान्ड’ पढ्दै छु । यो पुस्तक छापिएको २४ घन्टामै आठ लाख ९० हजार प्रति बिक्री भएको समाचारले मलाई आकर्षित गरेको हो ।

किन, यो पुस्तकमा त्यस्तो के छ? 

‘हामीले जीवनदर्शनसँग सम्बन्धित, आध्यात्मिक र जीवनको अर्थ बुझाउने पुस्तक पढ्नुपर्छ । जुन श्रीमद्भागवत गीतामा छ,’ उनको जवाफ थियो। 

शर्माको रोजाइमा विश्व राजनीति, अर्थतन्त्र समेटिएको लोकतन्त्र (डेमोक्रेसी) को पक्षधर तथ्यपरक पुस्तक बढी पर्छन् । स्कुल जीवनमा उनलाई काल्पनिक कथा पढ्न रुचि थियो । उनी भन्छन्, ‘एसएलसी दिँदा (०४३) सम्म मैले काल्पनिक कथा धेरै पढेँ।’ 

हाल उनी अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाको ‘अ प्रमिस्ड ल्यान्ड’ पढ्दै छन् । यो पुस्तक छापिएको (१७ नोभेम्बर २०२०) २४ घन्टामै आठ लाख ९० हजार प्रति बिक्री भएको समाचारले उनलाई आकर्षित गरेको हो। 

पहिलो दिनमै यत्तिका प्रति बिक्री भएको समाचार १८ नोभेम्बरमा विभिन्न पश्चिमा मिडियाले महत्त्वका साथ छापेका थिए, जसलाई नेपाली मिडियाले पनि स्थान दिएका थिए । त्यही प्रभावले आफूले यो पढ्न सुरु गरेको शर्मा बताउँछन्। 

उनी भन्छन्, ‘यसअघि मैले स्टेभेन लेभित्स्की र डेनियल जिब्लाटको ‘हाउ डेमोक्रेसिज डाइ’ पढेको थिएँ । यसमा चुनाव जितेका उच्च पदस्थ व्यक्तिबाटै जनतालाई समस्या हुने उल्लेख छ । हाल नेपालको राजनीतिक अवस्था उथलपुथल भएको तथा समय सान्दर्भिक भएकाले पुनः यो पुस्तक दोहोर्याएर पढ्दै छु।’ 

पढेपछि आफ्नो सोच र व्यवहारमै प्रभाव पारेको पुस्तक कुन होला ? यसमा प्रश्नमा उनले दुई पुस्तकको नाम लिए– भारतीय लेखक शिव खेराको ‘यु क्यान विन’ र स्टेफेन कोभेको ‘द सेभेन ह्याबिट्स अफ् हाइली एफेक्टिभ पिपल’।

उनी भन्छन्, ‘वास्तविक तथा तथ्यपरक पुस्तकले जीवनशैलीमा प्रभाव पार्छ । जीवन र व्यवहारमाथि अनुसन्धान गरिएका पुस्तकले जीवन जिउन सहज बनाउँछ, थप ऊर्जा मिल्छ, व्यवस्थापन गर्न सिकाउँछ र मानिसहरुसँग व्यवहार गर्न सिकाउँछ।’ 

शर्माले प्रायः पुस्तक समीक्षा पढेर नै लिन्छन् । बजारमा चर्चा कमाएका पुस्तक पनि उनले पढ्छन्, के रहेछ त भनेर जान्न । उनलाई मनपर्ने लेखक भन्ने छैन । उनी भन्छन्, ‘यो त कृति अनुसार भर पर्छ । एउटै लेखकको कृति पनि कुनै मन पर्छ, कुनै मननपर्न सक्छ।’ 

उनले पढ्न चाहेको तर खोजेर पनि नपाएको पुस्तक हो, मकैको खेती । १९७७ छापिएको सुब्बा कृष्णलाल अधिकारीको यो पुस्तक राणाशासनविरोधी भएकाले सबै प्रति जलाइयो । राणाशासकले लेखकलाई जेल सजाय गरे र जेलमै लेखकको मृत्यु भयो । शर्मा भन्छन्, ‘यो पुस्तक हजारप्रति छापिएको भनिन्छ । ९९९ प्रति त जलाइयो । एक प्रति नभेटिएकाले लेखकलाई जेल सजाय भयो ।’
नजलाइएको एक प्रति भेटिने आशा गर्छन् उनी। 

प्रकाशित मिति: १३:०० बजे, शनिबार, पुस १८, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्