Kathmandu Press

नेकपा सचिवालय बैठक बस्दै, यस्ताे छ दुवै पक्षकाे तयारी

काठमाडौं, मंसिर १६ : सत्तारूढ दल नेकपाको सचिवालय बैठक आज बस्न लागेको छ। आज दिउसो १ बजे पार्टी कार्यालय धुम्बाराहीमा बस्न लागेको हो।नेकपाभित्र...
नेकपा सचिवालय बैठक बस्दै, यस्ताे छ दुवै पक्षकाे तयारी
फाइल फाेटाे।
Hardik ivfHardik ivf

काठमाडौं, मंसिर १६ : सत्तारूढ दल नेकपाको सचिवालय बैठक आज बस्न लागेको छ। आज दिउसो १ बजे पार्टी कार्यालय धुम्बाराहीमा बस्न लागेको हो।

नेकपाभित्र उत्पन्न विवाद समाधानका लागि आज सचिवालय बैठक बस्न लागेको हो। यस अघि मंसिर १३ गते सचिवालय बैठक बसेको थियो।

त्यस बैठकमा नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली राजनीतिक प्रतिवेदन पेश गरेका थिए। जसमा यस अघि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कात्तिक २८ गते पेश गरेको राजनीतिक प्रतिवेदनको जवाफ दिइएको छ।

आज दिउसो बस्ने सचिवालय बैठकमा दुवै अध्यक्षको प्रतिवेदनमाथि छलफल हुने जनाएको छ। छलफल अघि दुवै प्रतिवेदन अध्ययन गर्न सचिवालय सदस्यलाई समय दिइएको थियो।

आजको बैठकमा दुवै पक्ष आआफ्नो रणनीति बनाएर प्रस्तुत हुने भएका छन्। प्रचण्ड माधव नेपाल पक्षले आजको बैठकमा ओलीको अध्यक्ष र प्रधानमन्त्री पदबाट राजीनामा दिन माग गर्ने भएका छन्।

ओलीले राजीनामा नदिए दुवै प्रतिवेदनलाई स्थानीय कमिटी र केन्द्रीय कमिटीमा छलफलका लागि लग्ने रणनीति बनाएको छ। त्यहिबाट अध्यक्ष प्रचण्डको प्रतिवेदन पास गर्ने तयारी गरेको छ। त्यसपछि नैतिक रुपमा पनि ओलीले राजीनामा दिनुपर्नेछ।

ओली पक्षले भने प्रचण्डको प्रतिवेदन फिर्ता गर्नुपर्ने अडान लिएको छ। यसमाथि छलफल गर्ननहुने पक्षमा छ। जसले गर्दा स्थायी कमिटी वा केन्द्रीय कमिटीमा दुवै प्रतिवेदन लग्ने अवस्था आएमा दुवै कमिटीका बैठकमा सहभागिता नजाउने रणनीतिमा छ।

त्यसैले, आजको नेकपा सचिवालय बैठकलाई महत्वपूर्ण लिइएको छ।

प्रकाशित मिति: १६:२२ बजे, मंगलबार, मंसिर १६, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्